शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

सहकारी संग हातेमालो गरी काम गर्न नगरपालिका तयार छः प्रवक्ता श्रेष्ठ


प्यूठान, आर्थिक सम्वृद्धिको महत्वपूर्ण आधार स्तम्भवको रुपमा रहेको सहकारी क्षेत्र संग हातेमालो गरेर काम गर्न नगरपालिका प्रतिवद्ध रहेको प्यूठान गरपालिकाका प्रवक्ता एवं आर्थिक विकास समिति संयोजक सुमन राज श्रेष्ठले बताएका छन् ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कुन) को आयोजना जिल्ला बचत संघ प्यूठानको व्यवस्थापन र प्यूठान नगरपालिकाको सहकार्यमा आज शनिवार बिजय फूलबारी सहकारी सभा हल जुम्रीमा आयोजित आधारशिला कार्यक्रम अन्तर्गत सहकारी सचेतना अभिमुखीकरण कार्यक्रमका मन्तव्य राख्दै श्रेष्ठले सहकारीको विकास र विस्तारमा नगरपालिकाको साथ र सहयोग रहने प्रतिवद्धता जनाएका हुन् ।


कार्यक्रमका विशेष अतिथि रहेका श्रेष्ठले सहकारी संस्थाहरुको विकास र विस्तारको लागि आधारशिला कार्यक्रम महत्वपूर्ण रहेछ भन्ने कुरा कार्यक्रमबाट अवगत भएको भन्दै सहकारी सफल हुँदा सदस्य मात्र सफल नभएर गाउँ समाजका हरेक तह र तप्काका बर्गहरुको समेत उत्थान हुने हुँदा सहकारी संग जोडिएर हातेमालो गर्दै काम गर्ने कुरामा नगरपालिकाले कुनै कसुर बाँकी नराख्ने समेत प्रतिवद्धता जनाए ।
नगर क्षेत्रका सवै प्रकृतिका सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापन तहका कर्मचारीहरुको सहभागिता रहेको कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) का कार्यक्रम अधिकृत कोमल राज अधिकारीले सहकारीमा देखिएको बर्तमान परिस्थिति ,कानुनी अवस्था ,नेफ्स्कुनले सञ्चालन गरेका स्तरीकरण कार्यक्रम तथा आधारशिला कार्यक्रमको विषयमा सहजिकरण गरेका थिए ।
बचत तथा ऋण सहकारी संघ लि. प्यूठानका अध्यक्ष भोज बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ प्यूठानका सचिव एम प्रसाद पाण्डे,प्यूठान नगरपालिका आर्थिक विकास शाखा प्रमुख चन्द्र जि.सि. लगायतले मन्तव्य राखेका थिए । बचत संघ प्यूठानका सचिव बलभद्र के.सी.ले स्वागत गरेको कार्यक्रमको सञ्चालन नेफ्स्कुन फिल्ड कार्यालय दाङ्गका इन्चार्ज विष्णु जोशीले गरेका थिए ।
आधारशिला कार्यक्रम नगरपालिकाले सहकारीहरु माझ सञ्चालन गर्नु पर्ने तथा सहकारी संस्थाको संस्थागत विकास तथा क्षमता विकासका लागि पर्याप्त समय सहितको तालिम सञ्चालन गर्नु पर्ने सुझाव कार्यक्रममा सहभागीहरुले राखेका थिए ।

 

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top