शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

एक्सेस भेरी कर्णाली क्लष्टर प्रथमको पाल्म वर्कसप प्यूठानमा सम्पन्न


प्यूठान ,बचत तथा ऋण सहकारी संस्थाहरुलाई अन्तराष्ट्रिय स्तरको ब्राण्डेड गर्ने कार्यक्रम एक्सेसको भेरी कर्णाली क्लष्टर प्रथमको १७ औ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला (पाल्म वर्कसप ) शुक्रवार प्यूठानमा सम्पन्न भएको छ ।
बिजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लि. प्यूठानको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कुन) को प्राविधिक सहयोगमा कार्यशाला सम्पन्न भएको हो ।
एक्सेस (A-one competttive choice for Excellence In Service and Soudness )कार्यक्रममा आवद्ध भेरी कर्णाली क्लष्टर प्रथमका बर्दिया ,सल्यान ,सुर्खेत जिल्लाका सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापन तहका प्रमुखहरुको सहभागिता रहेको कार्यशालाको उद्घाटन समारोहमा प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीको प्रमुख आतिथ्यता रहेको थियो । संस्थालाई विधि सम्वत ढंगले सञ्चालन गरी सरकारले लिएको लक्ष प्राप्तीका लागि सहकारी संस्थाले काम गर्न जरुरी रहेको भन्दै प्रमुख अतिथि योगीले बचत तथा ऋण सहकारी संस्थाको गुणस्तररीयता तथा सदस्य मैत्री सेवा सञ्चालन गर्न एक्सेस कार्यक्रमले ठुलो भुमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो । प्यूठान नगर क्षेत्रका सहकारी संस्थाहरुको बिकास तथा प्रवद्र्धनका लागि नगरपालिकाले आवश्यक योजनाका साथ कार्य गर्ने समेत नगर प्रमुख योगीले प्रतिवद्धता व्यक्त गर्नु भयो


बिजय फूलबारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नेत्रमणी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बचत तथा ऋण सहकारी संघ लि. प्यूठानका अध्यक्ष भोज बहादुर बस्नेत ,बिजय फूलबारी बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार लोक बहादुर बस्नेत, शिखर बचत तथा ऋण सहकारी संस्था लि. सुर्खेतका अध्यक्ष भुपेन्द्र बहादुर सिंह लगायतले मन्तव्य राख्नु भएको थियो । संस्थाकी उपाध्यक्ष राधा पुलामीले स्वागत गरेको कार्यक्रमको उद्घाटन सत्रको सञ्चालन लेखा सुपरिवेक्षण समिति संयोजक सुशील पोख्रेलले गर्नु भएको थियो ।
दिन भर सञ्चालित कार्यशालाको सहजिकरण नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) का कार्यक्रम अधिकृत कोमल राज अधिकारीले गर्नु भएको थियो । कार्यशालाले एक्सेस कार्यक्रमको कार्यविधिले तोके अनुरुपका कार्यक्रममा आवद्ध सवै साकोसहरुको सुचकहरुको अवस्थाका बारे व्यापक छलफल गरी सुधार गर्नु पर्ने सुचकहरुमा शिघ्र योजना बनाई सुधारात्मक कार्य गर्ने निर्णय गरेको छ । क्लष्टरमा आवद्ध ६ वटा साकोसहरुका ४५ जना सहकारीकर्मीहरु बीच आ आफ्ना संस्थाले गरेका क्रियाकलापहरुका बारेमा सिकाई आदान प्रदान गर्नुका साथै आगामी १८ औ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला आगाममी वैशाख १६ गते ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. सल्यानमा गर्ने निर्णय समेत कार्यशालाले गरेको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top