प्यूठान,प्यूठान नगरपालिका स्तरीय दलित सञ्जालको संयोजकमा प्यूठान नगरपालिका वडा न. ३ निवाशि सुशीला नेपाली चयन हुनु भएको छ ।
आज बिहिवार प्यूठान नगरपालिकामा सम्पन्न भेलाले नेपालीको संयोजकत्वमा १५ सदस्यीय नगर स्तरीय दलित सञ्जाल समिति गठन गरेको हो ।
नगरपालिकाका १० वटै वडाबाट आएका ३१ जना प्रतिनिधिहरुको भेलाबाट समिति चयन गरिएको हो ।
प्यूठान नगरपालिकाका प्रवक्ता एवं आर्थिक विकास समिति संयोजक सुमन राज श्रेष्ठको अध्यक्षतामा भएको भेलाको सञ्चालन प्यूठान नगरपालिका आर्थिक विकास समितिका सदस्य सचिव चन्द्र जि.सि.ले गर्नु भएको थियो ।
लक्षित वर्गका क्षेत्रमा गर्नु पर्ने कार्यहरु योजना छनौट बजेट विनियोजन लगायतका हरेक कार्य गर्न नगरपालिकाको आर्थिक विकास समिति संग समन्वयकारी भुमिका निर्वाह गर्न दलित सञ्जालको महत्वपूर्ण भुमिका हुने आर्थिक विकास समिति संयोजक सुमन राज श्रेष्ठले जानकारी दिनु भयो ।
कमेन्ट गर्नुहोस !