शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

युवा वडाअध्यक्ष श्रेष्ठको जनतामुखी काम ः आफ्नै खर्चमा बाटो मर्मत


प्यूठान ,निर्वाचित भएको छोटो अवधिमानै कुनै न कुनै जनतामुखी कार्य गरी रचनात्मक कार्यशैली अपनाएका प्यूठान नगरपालिका वडा न. ३ का युवा वडा अध्यक्ष सुमन राज श्रेष्ठले आइतबार आफ्नै खर्चमा बाटो निर्माण तथा मर्मत सम्भार गरेका छन् ।
बाह्रै मास सिमसार पर्ने यातायातका साधन तथा सर्वसाधारण आवत जावतमा कठिनाइ रहेको प्यूठान नगरपालिका वडा न. ३ को घुर्चौने चापखोलामा श्रेष्ठले बाटो निर्माण तथा मर्मत गरेका हुन् ।
स्थानीयवासीको सहयोग तथा वडाका अन्यत्र स्थानमा रहेका होमपाइप र आफ्नै व्यक्तिगत लगानीमा डोजर प्रयोग गरी श्रेष्ठले चापखोलामा होमपाइप गाडेर बाटो निर्माण गरेका छन् भने वरपर डोजरको प्रयोग गरी व्यवस्थित बनाएका छन् । सिमसार परी यातायातका साधन मोटरसाइकल,ट्याक्टर आवत जावत गर्न समस्या रहेको चापखोलामा उनले स्थानीयको माग अनुसार बाटो व्यवस्थित बनाएका हुन् ।
स्थानीयको साथ भए बिना बजेट पनि काम गर्न सकिन्छ भन्ने भावनाले सानो तिनो लगानी व्यक्तिगत रुपमा गरी स्थानीयवासीको सहयोगमा जनताको समस्यालाई बुझेर बाटो व्यवस्थित गरिएको वडा अध्यक्ष श्रेष्ठले बताए । चापखोलामा ९० को दुइवटा होमपाइप राखी बाटो निर्माण गरिएको छ । बाटो निर्माण एवं मर्मत गर्दा होमपाइप ढुवानी तथा व्यवस्थापनमा स्थानीय आफै लागि पर्नुका साथै वडा अध्यक्ष श्रेष्ठले डोजर प्रयोग आफ्नै खर्चमा गरेको स्थानीयले बताए । सधै सिमसार हिलो हुँदा स्कुले केटाकेटी देखि लिएर सर्वसाधारण आवत जावत ,एम्बुलेन्स लगायत यातायातका साधन आवतजावत हुन नसकेको चापखोला बाटोमा वडा अध्यक्ष श्रेष्ठको सकृयतामा हाल बाटो व्यवस्थित हुँदा आफुहरुले सुखदको अनुभुति गरेको स्थानीय सुरेश सुनारले बताए । जनतामुखी यस्तै कामले गाउँमा युवा नेतृत्वको प्रभाव देखिन थालेको तथा केही हुन्छ भन्ने आषा पलाएको उनको बुझाई छ । चापखोलाको बाटो हुँदै घुर्चौने ,मान्द्रेचौर ,मट्याङ्गपोखरा,ओखरबोट जान सकिने गरी बाटो व्यवस्थित बनाइएको छ ।
स्मरण रहोस वडाका कुनै पनि क्षेत्रमा समस्या देख्ना साथ तत्काल समाधान गर्न तर्फ उन्मुख रहने श्रेष्ठले गत हप्ता शारदा आधारभुत विद्यालय सापडाँडाका बिपन्न बालबालिकाहरुलाई जुत्ता ,मजा ,झोला ,पोषाक लगायतका शैक्षिक सामाग्रीहरु उपलव्ध गराएका थिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top