मङ्लबार, बैशाख ८, २०८३ | Tuesday 21st April 2026

सुरू भयो रेखाको ‘मालिका’ नन–एक्टरलाई एक्सन कट गर्दै


काठमाडौं  ।  रेखा थापाको दोस्रो निर्देशकिय सिनेमा ‘मालिका’ को सोमबारबाट छायाँकन सुरू भएको छ । सुटिङ सुरू गर्नुअघि सोमबार बिहान पशुपतिमा पूजाआजा गरि बालुवाटारबाट छायांकन सुरु गरिएको हो ।
रेखा फिल्मस्को पाँचौ प्रस्तुति रहेको फिल्ममा रेखाले जाजरकोटकी कमला ओलीलाई प्रमुख भूमिकामा प्रस्तुत गर्दै्छिन् । ओली नन–एक्टर हुन् । करिब १० दिन काठमाडौंमा सुटिङ तालिकापछि ‘मालिका’ बाँकी फिल्मको छायाँकनका लागि नेपालगन्ज तथा जाजरकोट जानेछ ।
फिल्म निर्माणमा सामाजिक अभियन्ता नर बहादुर कार्की पनि रहेनछन् । ‘मालिका’ का लागि कुना कन्दरामा पुगेकी नायिका थापा र सामाजिक अभियन्ता कार्र्कीले कर्णाली प्रदेशको जाजरकोटकी १४ वर्षीया कमला वलीलाई उक्त चलचित्रको मुख्य भूमिकामा उतार्ने निर्णय समेत गरेका छन् । उनले बाल विवाहको विरुद्धमा यो फिल्म निर्माण गर्न लागेकी हुन । थापाले बालविवाह अन्त्यको लागि ‘छोरीका निम्ति स्वर्णिम नेपाल’ महाअभियान लिएर देश विभिन्न जिल्लाहरुमा पुगि ग्रामीण वस्तीहरुमा जनचेतना समेत फैलाउदै आएकी थिइन ।
मालिकालाई लक्ष्मी पूजा कात्तिक २१ देखि प्रदर्शनमा ल्याउने रेखाको लक्ष्य छ । फिल्ममा रामशरण उप्रेतीको छायाँकन र सुरेश अधिकारीको संगीत छ । ‘हिम्मतवाली’ पछि रेखा मालिका मार्फत निर्देशनमा फर्किएकी हुन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top