शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

आन्तरिक पर्यटन प्रबर्धनका लागि भित्रीकोट दौड ,गोबिन्द घर्तीले कायम गरे सर्वोत्कृट कृतिमान



सुचना पोखरेल
प्यूठान,No description available.

पुरातात्विक तथा सामरिक दृष्टिले ऐतिहासिक महत्व बोकेको भित्रीकोटमा थालनी गरिएको दौड प्रतियोगितामा प्यूठान नगरपालिका ७ का गोबिन्द बहादुर घर्तीले सर्वोत्कृष्ट कृतिमान कायम गरेका छन् ।
बिजयादशमीको अष्टमी पर्वको अवसर पारेर आन्तरिक पर्यटनमा सहयोग पुग्ने अपेक्षाका साथ प्यूठान नपा ४,६र ७ नं वडाको संयुक्त संयोजनमा आयोजना गरिएको भित्रीकोट दौडमा सहभागी १७ जना प्रतियोगी मध्ये घर्तीले ५० मिनेटको समयाबधिमा साढे ८ किमी मिनी म्याराथुन यात्रा गरी सर्वोत्कृष्टता हासिल गर्न सफल भएका हुन । यसैगरी ५३ मिनेटमा उनकै सहोदर भाई तीलक घर्तीले दोस्रो स्थान कायम गर्न सफल भएका छन् । यस्तै तेज बहादुर पुनले ५४ मिनेटमा तेस्रो स्थान टेक्न सफल रहे । यसैगरी चौथो, पाँचौ हुँदै टप टेन अर्थात दशौं स्थान सम्म क्रमशः सलिम पुन, मोती बुढा मगर, बिनोद परियार, खिम बहादुर पुन, बिशाल परियार, चित्र बहादुर पुन र दल बहादुर थापा रहेका छन् ।
पहिलो पटक गोरखाको लिगलिगेको झल्को समेत दिनेगरी यस बर्षदेखि थालिएको दौडमा क्षेत्रपाल मन्दिर परिसरमा उत्कृष्टको सम्मान तथा क्षेत्रपाल मन्दिरको ऐतिहासिकताका बिषय सन्दर्भ समेत जोडेर आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि तथा लुम्विनी प्रदेशका अर्थ तथा सहकारी मन्त्री कृष्ण ध्वज खड्काले भित्रीकोट दौड प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई भित्रीकोटे हिरोको रुपमा संज्ञा दिनुपर्ने बताए । प्रमुख अतिथि खड्काले भित्रीकोटको ऐतिहासिक महत्व उजागर गरी पर्यटन प्रबर्धनमा दौड प्रतियोगिता ऐतिहासिक कोशे ढुंगा बन्ने बिश्वास समेत ब्यक्त गरे । उनले भित्रीकोट पर्यटन प्रबर्धनमा देखिएका संभावना केलाउदै आगामी दिनमा क्षेत्रपाल मन्दिर परिसरको स्वरुप परिबर्तनमा स्थानीय तहले परिणाममुखी ढंगले ध्यान दिन आग्रह गरेका छन् । यस्तै बिशिष्ट अतिथि तथा राष्टिय गुठी संस्थान संचालक समितिका अध्यक्ष डा. शिवराज पण्डितले देशको गुठी ब्यबस्थापनमा देखिएका समस्याहरु केलाउदै क्षेत्रपाल मन्दिरको लागि आफ्नो तर्फबाट सहयोगका लागि सक्दो भूमिका खेल्ने प्रतिबद्धता ब्यक्त गरेका छन । कार्यक्रममा प्यूठान नगरपालिकाका नगर प्रमुख बिष्ण्ुा बहादुर योगीले प्यूठान नगरपालिकामा बिगतको नेतृत्वले थालेका योजनालाई पुर्णता दिदै यसको थप संबर्धनमा आफ्नो तर्फबाट थप सक्रियता रहने बताए उपप्रमुख देबेन्द्र बर्माले पनि नगरपालिकाले भित्रीकोटको प्रर्यटन प्रबर्धनमा आफनो तर्फबाट सक्दो पहल लिने बताए । यस्तै निबर्तमान नगर प्रमुख अर्जुन कुमार कक्षपतिले समग्र भित्रीकोटको पर्यटन प्रबर्धनमा आफनो कार्यकालमा १९ करोडको लगानीमा डिपिआर निर्माण भईसकेको अवगत गराउँदै अवका दिनमा भित्रीकोटमा गर्नपर्ने अत्याबश्किय खाँचाहरुको बारेमा प्रष्टयाएका थिए । उनले भित्रीकोट पुरातत्व बिभागमा सुचीकृत भैसकेको जानकारी समेत गराउदै यहाँ आबश्यक पर्ने संग्राहलय, थानकोटमा बिश्राम स्थल, भ्यू टावर लगायतका पक्षमा ध्यान दिन सके पर्यटनमा अब्बल स्थलको रुपमा बिकास हुने धारणा राखेका थिए ।

No description available.
वडा नं ७ का वडाध्यक्ष नेत्र बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रपाल मन्दिर गुठी ब्यबस्थापन समितिका अध्यक्ष सुशील पोखरेलले पर्वको महत्व बारे प्रकाश पार्दै दौड प्रतियोगितासंगै बडादशैंको अवसरमा अन्य अतिरिक्त पक्षमा ध्यान जान समेत सरोकारवालाहरुको ध्यानाकर्षण गराएका थिए । कार्यक्रम शरदराज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
बिगत २ बर्ष कालमा कोरोना महामारीका कारण थलिएको मन्दिरको कालजात्री तथा मेला यो बर्ष भने नयाँ उत्साहका साथ उठेको छ । अहिले भब्यताका साथ स्थानीय भेषभुषामा नृत्य चलिरहेको छ । पर्वको अवसरमा हुने संस्कार, संस्कृतिलाई नयाँ ढंगले स्थायीत्व दिन र दौड प्रतियोगिता समेत गर्ने उद्धेश्यले असोज १५ गतेका दिन मात्रै वडाध्यक्ष नेत्र बहादुर केसीको संयोजकत्वमा भित्रीकोट दौड तथा बखडी मेला ब्यवस्थापनका लागि ११ सदस्यीय मूल ब्यबस्थापन समिति गठन गरिएको थियो । समितिमा ४ नं वडाध्यक्ष रेशम कार्की, ६ नं वडाध्यक्ष एनपी मगर, सुशील पोखरेल, शरदराज पौडेल, जानका केसी, केशवराज गौतम,धु्रव कुमार थापा, श्रीधर पोखरेल, बाशुदेव पोखरेल र खगेश्वर थापा रहेका छन । समितिले आउँदो २३ गतेका दिन स्वर्गद्धारी क्याम्पसमा कोजाग्रत पूर्णिमा मेलाका लागि थप रौनकता दिने गरी तयारी थालेको छ भने दौड प्रतियोगितामा उत्कृष्ट हुने प्रतियोगिहरुलाई सोही दिन पुरस्कृत गर्नेछ । पुरस्कारको राशी प्रथमलाई १५ हजार, दोस्रो १० हजार तेस्रो ५ हजार र सहभागी सवैलाई जनही ३ हजारका दरले उपलब्ध गराइने बताइएको छ ।


हेनुहोस, आन्तरिक पर्यटनका लागि भएको दौड प्रतियोगिता देखि भित्रीकोट मन्दिर कार्यक्रमका फोटो फिचर

No description available.

No description available.

No description available.

No description available.

No description available.No description available.No description available.
No description available.No description available.No description available.No description available.

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top