शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

के प्यूठानमा बामदेव तेस्रो बिकल्प बन्न सक्छन् ?



सुशील पोखरेल;
अहिले फेरी बामदेव गौतम प्यूठानको राजनीतिक बजारमा एकाएक चर्चामा आएका छन् । स्वयं गौतमले नेतृत्व गर्नु भएको नेकपा राष्ट्रिय एकता अभियानको बिहिवार राजधानीमा बसेको बैठकले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा बामदेव गौतमले प्यूठानबाट नै उमेदवारी दिने निर्णय सार्वजनिक भएपछि यो चर्चा उत्कर्षमा प्रवेश गरेको हो । यसका साथै बैठकले उम्मेदवारीलाई सार्थक निष्कर्षमा पुरयाउनका लागि माओबादी केन्द्र र राजमोसंग बार्ता गर्ने पनि निर्णय गरेको छ । प्यूठानमा गौतमका लागि सहज या असहज जस्तोसुकै परिस्थिति आएपनि उठ्ने पार्टीको निर्णय बटम लाइनको रुपमा आएपछि अव बामदेवसामु चुनौतिका पहाड त तेर्सिएका छन् नै संगसंगै यसले प्यूठानको राजनीतिक बातावरणलाई अर्को बहस र चासोमा केन्द्रित गरेको छ । एक महिना अगाडि मात्रै गौतमले निर्वाचन आयोगबाट माओबादीकेन्द्रको चुनाव चिन्ह हसिया हतौडा लिएर लड्ने भएपछि जिल्लामा बामदेव चर्चाको शिखरमा पुगे । यता ५ दलीय गठबन्धनले तालमेल र सिट ब्यबस्थापनका लागि कृष्ण प्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल बनाई अगाडि बढेको सन्दर्भमा बामदेव गठबन्धनको कोर्षबाट हराए । गठबन्धनभित्र १ महिनाको अबधिमा भएका होमवर्कका उपलब्धि के ? भन्ने सतहमा ठयाक्कै अहिले नआएपनि भित्रि रुपमा भने शिर्ष नेतृत्वबीच सहमति जुटिसकेको सुनिन्छ । बरु गठबन्धनभित्र शिर्ष तहमा अहिलेको बहस निर्वाचन पछाडि सरकार गठन प्रक्रियामा प्रधानमन्त्री, राष्टपति र सभामुख लगायतका पद ब्यवस्थापनका बिषयमा बहस केन्द्रित भएको बुझिन्छ । जे होस गठबन्धनभित्रका दलहरु मिलेर जानेमा अव भने शंका रहेन तथापी सिट ब्यवस्थापनमा मधेश प्रदेश र अन्य केही क्षेत्रमा भएका दोहोरो तेहोरो दावीका गाँठाहरुले सार्थक निष्कर्षमा पुग्न सकेका छैनन् । गठबन्धनमा आबद्ध दलहरु कांग्रेस, माओबादी, समाजबादी,जसपा र जनमोर्चाले निर्माण गरेका सहमतिका आधार मध्ये पहिले जितेका क्षेत्रहरुमा संबन्धित साबिकका दलले नै लिने भन्ने छ अर्को उमेदवारको ब्यक्तित्व र योगदानलाई पनि मुल्यांकनको तराजुमा राखिएको छ । यै सन्दर्भमा प्यूठानको मनोबिज्ञान गिजोलिएको छ ।
संघीय प्रतिनिधित्वका दृष्टिले प्यूठानमा १ क्षेत्र मात्र रहेको छ । यता दलको सांगठनिक अवस्था र हैसियत हेर्दा क्रमशः एमाले, कांगे्रस, माओबादी र राजमो प्रमुख दलका रुपमा रहेका छन् । एमाले इतर गठबन्धनभित्र रहेका कांग्रेस सवैभन्दा ठूलो दल हुँदाहुदै र उसले खडा गर्न खोजेको उमेदवार गोबिन्द पोखरेललाई प्यूठानले रुचाएको देखिएपनि यो संभावना घटेको छ । प्यूठानमा ०७४ को बामपन्थी गठबन्धनको तागतले राजमो नेतृ दुर्गा पौडेललाई संसद छिर्ने अवसर मिल्यो । यसैको जगमा टेकेर अहिलेको यो गठबन्धनको कोर्षमा राजमोको दावी गर्ने आधार भनेको प्यूठान नै रहेको छ । गठबन्धनको तर्फबाट आधिकारिक धारणा र निर्णय सार्वजनिक नभैसकेको भएतापनि राजमोले भने आधिकारिक निर्णय भएकै रुपमा दुर्गा पौडेललाई राजनीतिक बजारमा उमेदवारको रुपमा ठड्याइसकेको छ । यसले अहिले संचारमाध्यम र सामाजिक संजालहरुमा राजमोबाट गठबन्धनको प्रतिनिधित्व गर्ने भनिएकी दुर्गा पौडेलका बारेमा कैयन क्रिया प्रतिक्रियाहरु उठेका छन् । सकारात्मक भन्दा नकारात्मक संदेश प्रवाह भइरहेका छन् । बर्तमान संसदिय राजनीतिमा राजमोले प्यूठानमा आफ्नो उमेदवारी दिनु राजनीतिक अस्तित्वको बिषय हो । हुनुपनि पर्दछ । तर प्यूठानको मनोबिज्ञानले दुर्गा पौडेललाई अनुमोदन गरिहहेको छैन । संघीय तहमा दर्गा पौडेलको उमेदवारीले प्रदेशतहका सिट पनि गुम्ने चर्चा पनि उत्तिकै उठेका छन् । हो, राजमोले उमेदवारीका लागि जर्वजस्त दावी गर्दैगर्दा दुर्गा पौडेलको यो ५ बर्षको कार्यकालको लेखोजोखो र समिक्षा ब्यापक ढंगले भइरहेको छ । सिमित कार्यकर्ता र परिवारबादमा रुमल्लिएकी पौडेलले सिंगो प्यूठानको भूगोल र यो भूगोलको आबश्यकतालाई बुझन्े प्रयास समेत गरिनन् ।
अहिले राजमोले प्यूठानलाई आफ्नो प्रभाव क्षेत्रको रुपमा अर्थयाएर सिट सुनिश्चितताका लागि केन्द्रमा दवाव बढाएपनि उसको पक्षमा कति अनुकुलता छ भन्ने कुरा भोलीको परिणामले फैसला गर्ने नै छ । ०४९ सालमा किसान संघका माध्यमबाट स्थानीय गाबिसतह निर्वाचनमा भागलिई संसदिय प्रतिष्पर्धाको राजनीतिमा प्रवेश गरेको राजमो ३० बर्षको अबधिमा यसरी किन खुम्चिदै गयो ? तत्कालीन समयमा प्यूठानका रुख पात समेत मसाल भनेर बुझिन्थ्यो तर आज जनमत जनमोर्चाको बिपक्षमा उभिनु, चुनावका बेला उमेदवारको बिषयमा ब्यापक असन्तुटी उठनु स्वयं राजमोको नेतृत्व तहबाट समिक्षाको बिषय बन्नु जरुरी छ । अहिले राजमोका कतिपय कार्यकर्ताहरुर्ले मेरा बाजेले घ्यू खाएका थिए नपत्याए मेरो मुख सुँघ्’ भन्ने रुपमा प्रस्तुत भइरहेका छन् । दुर्गा पौडेलले सांसद भएपछि ओखरकोट लगायत केही ठाँउमा बजेट खर्चेर कार्यकर्ताको भरणपोषण गरिन् तर उनले ओखरकोटमा समेत स्थानीय तह निर्वाचनमा साख बचाउन सकिनन् नत प्यूठानको भाव पक्रिन ! यसले गर्दा राजमोको उमेदवारीका पक्षमा उत्साह आउन नसक्नु स्वयं गठबन्धनको दलहरुको भबिष्यसमेत यसमा जोडिएकाले गम्भिर रुपमा साेंचिुन पर्दछ । यता दुर्गा पौडेलको उमेदवारीबाट प्रशन्न भई च्याँखे दाउँमा रहेको एमाले जिल्लाको प्रमुख दल हो । एउटा अध्ययनशील, उर्जावानयुवा र केन्द्रिय राजनीतिमा पहुँच भएका हिजो केपी ओली प्रधानमन्त्री रहेका बेला प्रेस सल्लाहकारको जिम्मेवारीमा समेत रहेका हालका एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाको बिषयमा सकारात्मक पक्ष हुँदाहुदैपनि पनि त्यति सहज अवस्था छैन र्र्। तित्रो बास्यो आफ्नै खती’ भन्ने उखान उनका लागि लागु भएको छ यतिबेला । अन्य दलका शिर्ष नेताहरुलाई समेत छुद्् रुपमा पाँडे गाली गर्ने स्वभावले जनताको मनोबिज्ञानमा, प्यूठानीको हृदयमा उनी भित्री रुपमा बास बस्न सकेका छैनन्,बिश्वास पक्रन सकेका छैनन् । उनको अभिब्यक्ति र शैलीले स्वयंं एमाले प्यूठानको एउटा हिस्सा बेखुशी रहेको बुझिन्छ ।
यै पेरीफेरीमा एकाएक चर्चामा आउने र हवात्तै सेलाइपनि हाल्ने बिशेषता बोकेका बामदेवको उमेदवारीको निर्णय के प्यूठानका लागि तेस्रो बिकल्प बन्न सक्छ ? उनको उमेदवारी सहज हुन सक्छ ? प्यूठानमा यो बहस आज बिहिवारदेखि अर्को ढंगले उठेको छ । ०७० मा प्यूठानमा एमालेबाट चुनाव जितेका तर ०७४ मा बर्दिया हान्निएका बामदेव यो बिषयबाट जिल्लामा निकै आलोचित छन् । अबश्य नै उनलाई कुनै न कुनै ढंगले प्रायश्चित महशुस भइसकेको छ । उनले अव बर्दियाको बाटो त्यागीसकेका छन् । अर्को उनको ३४ बुँदे घोषणपत्र पनि प्यूठानमा उठेको बहसको बिषय छ । निश्चित रुपमा बिकास भन्ने कुरा रातारात हुने कुरा होइन । जिल्लामा चर्चामा रहेका चाल्नेटार बिमानस्थल, नौमुरे लगायतका केही राष्टिय गौरवका आयोजनाको गुरुयोजना ( डिपिआर ) तयार हुनु र राज्यको प्राथमिकतामा पर्नुलाई यसको श्रेय गौतमजीलाई दिनु पर्ने हुन्छ । बामदेवले चाहने हो भने केही गर्न सक्छन् जिल्लाको लागि भनेर बिश्लेषण गर्नेहरु पनि छन् यतिबेला राजनीतिक बजारमा ।
दुर्गा पौडेल र सूर्य थापाको सापेक्षतामा हेर्दा बामदेव गौतमले प्यूठानमा आँट देखाएका हुन् भने उनको हेभिवेट एउटा आधार हो, प्रधानमन्त्रीका दावेदारका रुपमा रहेका गौतमको उमेदवारीले जिल्लावासीमा अर्को ध्यान केन्द्रित गर्न सक्दछ । उनले हिजोका दिनमा जागिर ख्वाएका, सेवासहयोग गरेका, बुढेसकालदेखिका साथीसंगीहरुको हिस्सा, एमालेभित्रको केही हिस्सा, हसिया हतौडाबाट चुनाव लड्ने अबस्थाले माओबादी कार्यकर्ताले गिलास रोज्ने कि हसिया हतौडा ?अनि कांग्रेस देखि राजमो हुँदै आम प्यूठानको जनमानसले भरपर्दो तेर्सो बिकल्पको रुपमा लिन सक्ने आधार र संभावना थुप्रै देखिन्छन् तर पनि गठबन्धनभित्रका शिर्ष नेतृत्वले प्यूठानको मनोबिज्ञान र आबश्यकतालाई अझैपनि गहिरो रुपमा बिश्लेषण गरेर सार्थक निर्णय लिने कि ?

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top