शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

ड्राइगन फ्रुट खेतीमा युवा उद्यमीहरुको उत्साह ; जाँगर भए बिदेशी भूमिमा हण्डर खानु पर्दैन


प्यूठान, युवाहरुले आट्नु पर्छ, साहस र तागत उत्पादनमा खन्याउनु पर्छ त्यसो गरे के हुदैन ? भन्ने कुराको दरिलो उदाहरण बनेका छन् यतिवेला प्यूठान बिजुवारका नविन कुमार श्रेष्ठ र लोक बहादुर केसी ।
सुन फलाउन सक्ने उर्वर क्षमता आफ्नै भूमिमा छ भन्ने कुराको उदाहरण पस्कदै उनीहरुले अहिले १ करोडको लगानीमा ब्यावसायिक रुपमा ड्रागन खेती गरेर आम जिल्लावासीलाई चकित मात्र पारेका छैनन कि मासिक ३०÷४० हजारको कमाइको लागि बिदेशी भूमि धाउने युवाहरुलाई पनि गतिलै पाठ सिकाउन सफल भएका छन् ।

No description available.
प्यूठानको मनमोहक उर्वर फाँट जहाँ एउटा बर्ग समुदाय बस्ती बिकासका लागि सिमेण्टेड गरेर उर्वरता उखल्ने धुनमा छ यसको नियन्त्रणको लागि संबन्धित पक्षको प्रयास कागजमा सिमित छ तर ती दुई युवाहरु नवीन श्रेष्ठ र लोक बहादुर केसी जसले खाद्यान्न उत्पादन हुदै आएको यो सुन्दर फाँटमा नगदे बालीका लागि डागन सहित टनेलमा कुरिलो, टमाटर लगायतका ब्यवसायिक कृषि कर्म गरेर प्यूठानको फाँटमा सौन्दर्यता थप्न सफल भएका छन् । यसका साथै साथ र सहयोग मिले डल्ले च्याउ खेतीगरी जिल्लाको मागलाई पूर्ति गर्ने र आफनो फर्मबाटै अन्य युवाहरुका लागि पनि रोजगारीका अवसर सृजना गर्ने उनीहरुको धोको छ ।

No description available.
इशान एग्रो अर्गानिक तथा पशुपन्छी फर्मका माध्यमबाट २०७७ माघ देखि ब्यवसायिक खेतीमा जोडिएका उनीहरुले १ बिघा जग्गामा ड्रागन खेती गर्न थालेका हुन् । पहिलो लटमा १२ सय केजी सम्म उत्पादन हुने अपेक्षा गरिएको र अहिले सम्म ७ सय केजी बिक्रि भइसकेको संचालक नवीन श्रेष्ठले बताए । स्वास्थ्यका दृष्टिले पनि अत्यन्तै हितकर हुने भएकाले कतिपय ठाँउको अध्ययन र अनुभवले जिल्लाको आबश्यकता हेरि यो कृषि कार्यमा जोडिएको श्रेष्ठको भनाई छ ।


अहिले उनै गुरुङ र श्रेष्ठले थालेको ड्राइगन खेतीले प्यूठानको विजुवार–बाग्दुला सडक खण्डमा यात्रा गर्ने जो कोहिको पनि ध्यान खिंच्ने गरेको छ । एक बिघा क्षेत्रफलमा लगाइएको उक्त ड्राइगन खेतीले झिमरुक फाटँमा झुल्न लागेको धान खेतमा संगै झनै आकर्षण थपेको छ । उक्त फलले १४ महिना पछि फल दिन सुरु गरेको छ । फर्ममा सेतो र कालो गरि २ थरिका विरुवाहरु रहेका छन ।

No description available.
जिल्लाको कृषि क्षेत्रमा नमुना रुपमा काम गर्ने आँट देखाएको भएपनि बिजुली, बाटो, प्राबिधिक पक्ष र बजार प्रबर्धनका क्षेत्रमा कतिपय कठिनाई भोग्नु परेको र यसमा संबन्धित पक्षको ध्यान जान नसक्दा आफ्नै भूमिमा गर्न खोज्ने आँटिला पाखुराहरु खुम्चिनु राम्रो नहुने भन्दै यसतर्फ राज्यको सहयोग पुग्नु पर्नेमा उनीहरुको आग्रह छ । झिमरुक फाँटमा गर्न थालिएको यो खेती प्यूठानको लागि नयाँ प्रयास हो । बांगेशाल लगायत अन्यत्र ठाँउमा रु ८ सय प्रति केजीका दरले बिक्री हुने गरेको भएपनि यो फर्ममा भने डागन प्रति केजी ६ सयका दरले कारोवार हुँदै आएको छ ।

No description available.
No description available.

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top