बुधबार, चैत्र ४, २०८२ | Wednesday 18th March 2026

झिमरुकको बिकास खर्च ८२ प्रतिशत


जिल्लाको झिमरुक गाउपालिकाको आ व २०७८÷७९ मा बिकास खर्च ८२.४६ प्रतिशत देखिएको छ । झिमरुक गाउपालिकाको आ व २०७८÷७९को तेस्रो चौमासीकको सार्बजनिक सुनुवाई कार्यक्रममा गाउपालिकाको क्षेत्रगत बजेट खर्च प्रस्तुत गर्दै प्रमुख प्रशासकिय अधिकृत शुबास रिजालले उक्त कुराको जानकारी दिएका छन ।

झिमरुक गाउपालिकामा चालुतर्फ ३८ करोड १९ लाख ९४ हजार ८०२ मध्य ३२ करोड ३३ लाख ८१ हजार ६२२ अर्थात ८४.६६ प्रतिशत रकम खर्च भएको छ । त्यस्तै पुजिगततर्फ १५ करोड ६१ लाख ९ हजार ३७६ मध्य १२ करोड ३ हजार ५९ अर्थात ७७.०९ प्रतिशत खर्च भएको छ ।

पालिकाको आर्थिक बिकास तर्फ ६६.८१ प्रतिशत,सामाजिक बिकास तर्फ ९३.७४ प्रतिशत र पूर्वाधारतर्फ ६६.७३ प्रतिशत खर्च भएको छ ।
त्यस्तै शुसासन तथा अनतरसम्बनिधत क्षेत्रमा ८३.२२ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनिक शिर्षकमा ६४.८० प्रतिशत रकम खर्च भएको देखिएको छ ।
आ व २०७८÷७९ मा झिमरुक गाउपालिकामा ५३ करोड,८१ लाख ४ हजार १७८ रुपिया ९४ पैसा मध्य ४४ करोड ३७ लाख ४१ हजार २७० रुपिया ५९ पैसा खर्च भएको देखिएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top