बुधबार, चैत्र ४, २०८२ | Wednesday 18th March 2026

लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा ओपीडी र इमरजेन्सी टिकट तथा बेड निःशुल्क


आजदेखि लुम्बिनी प्रदेश अन्तर्गत रहेको दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ओपीडी र इमरजेन्सी टिकट तथा बेड निःशुल्क भएको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीलाई ओपीडी र इमरजेन्सीको टिकट तथा बेडमा शुल्क नलिने घोषणा गरेको थियो ।

यो घोषणा आजदेखि कार्यान्वयनमा आउन लागेको स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले जानकारी दिनुभयो ।

ओपीडी र बेड निःशुल्क गर्न बजेटमा १ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । यसैगरी आजदेखि प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीका लागि रगत पनि नि:शुल्क हुने भएको छ । रगत नि:शुल्क गर्न लुम्बिनी प्रादेशिक अस्पताल र रक्तसञ्चार सेवा केन्द्रबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सरकारले बजेटमा नि:शुल्क रगतका लागि ३ करोड रुपैयाँ बजेट छुट्याएकाे छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top