शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

कोरोना सङ्क्रमण बढ्दो, स्वास्थ्य मापदण्ड पालनामा खेलाँची नगर्न विज्ञको आग्रह


कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेकाले स्वास्थ्य मापदण्ड पालनामा खेलाँची नगर्न विज्ञहरुले आग्रह गरेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हिजो मात्र थप २ सय २९ जनामा सङ्क्रमण पुष्टि भएर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार २ सय नाघेको छ । सङ्क्रमण दर ६ प्रतिशतभन्दा बढी पुगेको र अहिले ओमिक्रोन भेरियन्ट र यसका उपप्रजाति ‘बीए टू’ र ‘बीए फाइभ’ बढी सक्रिय रहेको पाइएको मन्त्रालयले जनाएकाे छ ।

कोरोनाको ‘बी फाइभ’ उपप्रजातिलाई सबैभन्दा धेरै सङ्क्रामक मानिन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार भारतीय सीमा नाकाबाट नेपाल आउनेमा सङ्क्रमण बढी देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डाक्टर शेरबहादुर पुनले सङ्क्रमण दर बढिरहेको यो बेला नआत्तिन तर सावधानी अपनाउन आग्रह गर्नुभयो ।

धेरैले खोप लगाइसकेकाले पहिलेजस्तो अवस्था गम्भीर नभए पनि स्वास्थ्य मापदण्ड पालना भने अनिवार्य गर्नुपर्ने उहाँको भनाइ छ । घर बाहिर निस्कँदा या भिडभाड भएको बेलामा मास्क लगाउन, साबुनपानीले हात धुन, स्यानिटाइजर प्रयोग गर्न र भिडभाड भएको ठाउँमा भौतिक दूरीको ख्याल गर्न विज्ञहरुले आग्रह गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top