बुधबार, चैत्र ४, २०८२ | Wednesday 18th March 2026

नौबहिनीको गठबन्धनबाट अलग्गियो राजमो


 प्यूठान । प्यूठानको नौबहिनी गाउपालिकाको गठबन्धनबाट राजमो अलग्गिएको छ । नेपाली काङग्रेस , माओबादी केन्द्र र एकिकृत समाजबादी एक भएसंगै राष्ट्रिय जनमोर्चा अलग्गिएको हो । राष्ट्रिय जनमोर्चा प्यूठानका सल्लाहकार एवं नौवहिनी गाउँपालिका इन्चार्ज राम पहाडीका अनुसार सत्तारुढ तीन दलले बैठकमा सहभागीता नगराएको र पुन ः बैठकमा नबोलाएको बताएका छन ।
त्यस्तै राजमोले नौबहिनीका वडा नम्वर ४ र ६ को वडा अध्यक्ष माग गरेपछि सहमती हुन नसकेको नेपाली कांग्रेसका जिल्ला सदस्य एवं नौवहिनी गाउँपालिका अध्यक्ष शिव रिजालले बताएका छन ।
विशेष स्रोतका अनुसार अब वडा नम्वर १ स्याउलीवाङ समाजवादीलाई तीन÷तीन वटा वडा कांग्रेस र माओवादीलाई भागवण्डा गरिएको पाइएको छ ।
त्यस्तै अब गाउँपालिका अध्यक्षमा पूनः अहिलेका अध्यक्ष कांग्रेसका शिव रिजाल र उपाध्यक्षमा माओवादीका घन बहादुर बुढालाई दोहो¥याउने सहमती भएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top