शनिबार, जेष्ठ ३०, २०८३ | Saturday 13th June 2026

दाङमा ट्याक्टर दुर्घटना हुँदा २६ जना घाइते


दाङमा भएको ट्याक्टर दुर्घटनामा २६ जना घाइते भएका छन् । शुक्रबार साँझ भारतको उत्तरप्रदेशस्थित पाटनदेवी मन्दिरमा लागेको मेला हेर्न जाँदै गरेका यात्रु सवार ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर छ ।
दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार रा १ त ३७० नम्वरको ट्याक्टर  गढवा गाउँपालिका–८ कोइलावास नजिक भिरालो  ठाउँमा दुर्घटना भएको हो ।  उनका अनुसार घाइतेमध्ये गम्भीर १२ जनालाई थप उपचारका लागि गएराति नै कोहलपुर अस्पतालमा पठाइएको छ । अन्य समान्य घाइतेहरूलाई लमही अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top