शनिबार, जेष्ठ ३०, २०८३ | Saturday 13th June 2026

लुम्बिनी प्रदेश पूर्वाधार प्राधिकरणमा प्यूठानका पोखरेल नियुक्त


 

अनुज पछाई , प्यूठान । लुम्बिनी प्रदेश पूर्वाधार प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा प्यूठानका छविलाल पोखरेल नियुक्त भएका छन । उनलाई चैत २५ गते बसेको लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । उनि प्यूठान जिल्ला ओखरकोट निवासी हुन । उनि लामो समयमा सरकारको यस क्षेत्रमा काम गर्दै आएका थिए ।
उनले शुक्रबार पदको सपथ ग्रहण पनि गरेका छन । सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश राजधानी निर्माण प्रदेश सरकारको पहिलो योजना भएकोले गर्दा त्यसलाई आगामी दिनमा पूर्णता दिनका लागि प्रमुख कार्यकारी निर्देशक पोख्रेललाई निर्देशन दिए ।

प्रमुख कार्यकारी निर्देशक अनन्तराज घिमिरेले राजीनामा दिएपछि नयाँ निर्देशकमा पोखरेल नियुक्त भएका हुन। सपथ ग्रहणमा निर्देशक पोख्रेलले लुम्बिनी प्रदेश सरकारले दिएको जिम्मेवारी पूरा गर्नका लागि तयार रहेको बताएका छन ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top