
प्रेमबहादुर विश्वकर्मा
प्युठान,१८ भदौ ।
प्युठानमा कोरोना भाईरस (कोभिड १९) को संक्रमण नियन्त्रण तथा रोकथामका लागि जारी गरिएको निषेधाज्ञा परिमार्जन सहित थप एक साता लागु हुने भएको छ । आज दिउसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय सर्वपक्षिय उपस्थिती सहितको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति( डिसिसिएमसी) को बैठकले विहान र साँझ तीन÷तीन घण्टा सबै प्रकारका व्यापार व्यवसाय खोल्ने निर्णय गरेको हो ।
विहान ७ बजेदेखि १० बजेसम्म र साँझ ४ देखि ७ सवै प्रकारका व्यवसाय संचालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए। बजार क्षेत्रको स्थानीय तहले अनुगमन समेत गर्नेछन् । स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम नगरी पसल खोल्नेलाई तुरुन्तै कार्वाही समेत गरिने निर्णय गरिएको प्रजिअ भुसालले बताए । समितिले स्वास्थ्य मापदण्ड पुरा गर्दै अनावश्यक हिडडुल नगर्न आग्रह समेत गरेको छ । यस अवधिमा नीजि तथा सार्वजनिक सवारी सधान पूर्ण रुपमा बन्द हुनेछन् ।
कमेन्ट गर्नुहोस !