
लिला पुन
कोरोना भाइरसको कारणले गर्दा विश्वजगत अहिले निकै आक्रान्त छ । आक्रान्तको विचमा पनि कोरोनाको कहरसंगै अनेक विघ्न, बाधा र अड्चनहरु खेपेर जिउन बाद्यता भएको छ, बाँचेकाहरुलाई ! दिन दुई गुणा, रात चौगुणाको हिसाबले संक्रमित गर्दै मानव वस्तिमा पस्दै मानवको संहार गरिरहेको छ ! दिनहुँ जसो मानववस्तिमा रुवावास र हाहाकार मच्चाईरहेको छ । मर्नेहरुलाई बाँचेकाहरुले डराई–डराई आपूm पनि बच्ने स्वास्थ्य साधनको प्रयोग गर्दै मलामी बनिरहेका छन् । अब मसानघाँट पनि विर्सेर डोजरले खाल्डो खनेर च्यानघाट बनाएको छ । कतिलाई जलाउनु , कतिलाई गाड्नु , कतिको मलाम जानु ! अब त जानेलाई पनि वाक्क दिक्क भैसक्यो ! ज्याँन गुमाएका आईआफन्तहरु आपूmहरु पनि मर्ने र बाँच्ने दोसाँधमा उनीहरुलाई सम्झि–सम्झि रोइराखेका छन् । थाहा छैन उनीहरुलाई ! कुनबेला ती सम्झेर रुनेहरु पनि कोरोनाको साथै जाने हुन् ! कोरोनाबाट सक्रमित हुँदै मर्नेको संख्या घट्नुको साटो झन दिनहुँ बढिराखेको छ ! अहिले के हविगत भएको होला ! युरोप र अमेरिकामा !
आफ्नो देशमा रोजगार नपाएपछि जहान परिवार पाल्न बाद्यता र विवशताले अमेरिका, जर्मन, जापान, इटाली, स्पेन, इराक, इरान, प्र्रmान्स, बेलायत धाउने नेपाली श्रमीकहरुको के हालत होला ! आफ्नै देश नेपालमा त गरिखानेहरुको यो अवस्था छ । कोरोनाले इपिसेन्टर बनाएको देशमा कस्तो होला ! नेपालमा बस्ने उनीहरुका आमाबाबु , जहानपरिवारको हृदय कति छिया–छिया भएको होला ! कोरोना भाइरसको आक्रमणबाट मर्ने मान्छे त मरिगा ! बाँच्नेलाई यहाँ अत्यान्ततै गाह्रो भयो ! विचरा श्रमीकहरु र उनका आमाबाबु , जहानपरिवार, छोराछोरीले के खालान् के लाउलान् ! कतिपय श्रमीकहरुको अवस्था त यस्तो छ कि, भनि साध्य छैन, सुनि साध्य छैन, उनीहरुको संख्या गनि साध्य छैन ! आज काम ग¥यो, आजै खायो, भोली काम ग¥यो भोली खायो ! न त उनीहरुसंग साछी राख्ने धन हुन्छ न त खाना र अन्नपात ! धन हुने धनीहरुले त किनेर खालान् ! नहुनेले के खालान् ! कसो गर्लान् ! यी साराका सारा व्यवस्था सरकारले गर्ने हो तर सरकारले कानमा तेल हालेर बसेको छ !
उसले सोचेको छ ! देशमा अभैm माहामारी पैmलिए औषधि खरिदको नाममा कमिसन आउँदो हो ! यो सरकार दुःखीगरिबको, श्रमीकको सरकार होईन ! धनीहरुको सरकार हो । यसले धनीलाई मात्र सुरक्षा गर्छ । यो सरकार त त्यसैबेला हाम्रो हुन्छ, जुनबेला चुनाब आउँछ, गाउँ–गाउँमा हात जोड्दै भोट माग्न हिड््छ । सत्तामा बसेको बेला गरेको भ्रष्टाचारीबाट आएको धनले भोट किन्न पैसा बाड्छ ! हामी जनता पनि त्यस्तै छौं । एक गिलास रक्सी, एउटा चोक्टा मासु , वीस रुपे दाम दिएमा हाम्रो इमान्दारिता र स्वाभिमान बेच्छौं ! एक गिलास रक्सीको नसा हुँदाभरि छाति थोक्छौं । म आजबाट काँग्रेस भए, कम्युनिष्ट भए, रा.प्र.पा. भए, समाजवादी पार्टी भए भनेर कुर्लन्छौं । सत्तामा बस्ने जालीहरुले हाम्रा बानी व्यहोरा बुझिसकेका छन् र त दिन दहादै घुस खान्छन् । भ्रष्टाचार गर्छन् । हामी रमिते भएर बस्न बाद्य छौं । किनभने हाम्रा हातबाट नै भोट दिएर घुस खाने र भ्रष्टाचार गर्ने अधिकार दिएका छौं । हामी सबैले बुझे हुँन्छ, यो सरकार दुःखीगरिब, मिहिनेती जनताको होेईन भनेर ! यदि दुःखीगरिब, गरीखाने जनताको यो सरकार हुँन्थ्यो भने कोरोनाको कहरसंग लकडाउनमा फसिरहेका श्रमीकहरुलाई उद्दार गर्ने थियो होला ! अहिले विदेशमा ज्यान पाल्न श्रम गर्न गएका श्रमीकहरुलाई कम्पनी मालिकले निकालि दिएर घर न घाटको भएर भोकै नाङ्गै अलपत्र परेका छन् ।
यस विषयमा सरकारमा बस्ने नेताहरुलाई जनताको चासोको विषय बनेको छैन । कानमा कपास कोचेर बसेका छन् । विदेशको गल्लीमा नेपाली मजदूरहरु भोकैतिसै रोएका छन् । सरकारलाई गुहार्नुको सट्टा समाजसेवी पत्रकार रबी लामिछाने, नेपालका लागि नेपाली अभियन्ताहरु ज्ञानेन्द्र शाही, हेमराज थापा, रमेश प्रसाई, इन्द्रेणी सांस्कृतिक समाजका अभियन्ताहरु जस्ता सरकार बाहिरका व्यक्तिहरुलाई फोनमा विदेशबाट गुहार्न थालेका छन् । जसरी हुन्छ, हामीलाई यो ठाउँबाट उद्दार गरिदिनुस, बचाउँनुस ! हामी भोकै छौं ! खाना नखाएर भोकै बसेको पनि ५, ६ दिन हुन लागिसक्यो ! जसरी हुन्छ, त्यहाँको सरकारसंग भनसुन गरेर भए पनि हामीलाई लिन आउँनुहोस ! यहाँ हाम्रो हरीविजोग छ ! कोरोना भाइरसभन्दा भोकले मर्ने भैयो ! मरे बरु आफ्नै देशमा मरौंला ! कतिपय देशका सरकारले अरुको देशमा फसेका नागरिकलाई हवाईजहाज पठाएर टिपेर स्वदेशमा पुराई दियो ! सरकार त एउटै होला नि ! किन होला हाम्रो देशको सरकारले यस्तो गरेको ! विचराहरु विदेशको कोठरी, गल्लीमा भोकै नाङ्गै रोएका छन् ! कराएका छन् ! यो विपद्को घडीमा कसले सुनिदिन्छ ती दुःखीहरुको दुःखको कथा र व्यथा !
ती श्रमीकहरुको श्रमको मुल्य न विदेशी सरकारले चिन्यो न आफ्नो देशको सरकारले चिन्यो । उनीहरुले पठाएको रेमिन्टान्स खादाभरि र सरकार चलाउदाभरि उनीहरु प्यारो भए, जब विदेशमा कम्पनी मालिकले पनि खालि हात नोकरीबाट निकालि दियो, तब उनीहरुले बुझे, अब यिनीहरुको काम छैन भनेर ! फसेका श्रमीकले सरकारसंग सोध्धा, बुुझ्दा जवाफ दिन्छ, हामी व्यवस्था गर्दै छौं–“जो जहाँ हुनुहुन्छ, त्यही बस्नुहोस, त्यसको व्यवस्था हामी गर्दै छौं” ! कैयो चोटी फोन गरे मजदूरहरुले, बारम्बार जवाफ त्यही माथिको आयो ! आसैआसमा बसे श्रमीकहरु ! साथमा भएको धनपैसा सबै सकियो ! नाङ्गा, बुङ्गा भए ! भोकैतिसो रहे ! त्यसको विकल्पमा अब कि ज्यान दिने हो, कि हिडेर घर जाने हो ! त्यो सोच्नथाले श्रमीकहरुरु ! नजिकको छिमेकी जिल्ला, छिमेकी देशका हिडेर आउन सक्ने जतिले कुम्ला, कुटुरो बोकेर जहानपरिवार खेदेर लकडाउनभित्र पुलिसको लठ्ठी खादै आफ्नो देशभित्र आईपुगे । आफ्नै देशमा पनि पुलिस, प्रशासनले दोस्रो दर्जाको नागरिक जस्तै थाने ! लकडाउनको नियमपालन नगरेको भन्दै झपारे ! क्वारेन्टाइनमा लगेर भोकैतिसै कोचे ! कोरोना सल्किन्छ भनेर खाना पनि झ्यालबाट पुराईदिए ! चौध दिनसम्म राखे !
घरको जहानपरिवारको के हालत होला ! के खाए होलान् ! कसो गरे होलान् ! फोन गरु साथमा पैसा छैन ! कसै डाटाले हेदैनन् । हेर्न पनि किन हेरुन ! विचराहरु आफ्नै त कुन हालत होला ! राजधानीमा बसेका गरिखाने मजदूरहरुको सुनिन्छ, त्यस्तै हविगत छ रे ! आफ्नै देशमा बसेर पनि चिनेन छ ती सरकारमा बस्ने जनतामारा जत्थाहरुले ! सरकारबाट राहत बाड्छ रे ! आइआफन्तलाई मात्र हेर्छ रे ! कुहेको चामल, कुहेको दाल पो वितरण ग¥यो रे ! त्यसैमा पनि कमिसन खायो रे ! नेपालको लागि नेपालीका अभियन्ताहरुले बाँडेको राहतमा पनि हिजोबाट ललितपुर जिल्ला प्र्रशासनले प्रतिबन्ध लगायो रे ! “बाँड्छौ भने नगरपालिका प्रमुख, वडा अध्यक्षलाई दिएर बाँडन लगाऊँ नत्र नबाँड भन्यो रे ! यदि बाँडिउ भने पुलिस लगाएर गिरफ्तार गर्न लगाउँछौं भन्यो रे” ! आपूmहरुले दुःखीगरिब, श्रमीक बर्गहरुको सेवा चाक्री गर्न त जतासुकै जावस ! गर्छु भन्नेहरुमाथि पनि प्रतिबन्ध लगाउँछ ! बुझ्नपो चाहियो त्यो राहतमा पनि कमिसनको खेल होला र त त्यसो गरेको होला नि ! गर्न पनि कति गर्न सकेको होला ! “कम गर्नु अति नगर्नु भन्छन्” सरकार ! यो त अति नै भयो ! के तिमीलाई दुःखीगरिब, श्रमीक जनता चाहिदैन र ! तिमीहरुले राहत पुराउन सक्दैनौं भने पुराउनेहरुलाई बाँड्न त देऊ त र हामीलाई बाँच्न त देऊ त ! भोकभोकै मर्ने नगराऊँ !
तिमीहरु बस्ने बाईस तल्ले घर, तिमीहरु बस्ने सरकारी भवन, तिमीहरु हिड्ने पिचरोड, तिमीहरु हिड्ने पुल, तिमीहरु चढ्ने कार, तिमीहरुको खेतमा लहलहाएको धान र गहुँ, तिमीले खाने दुध, तिमीले खाने माछामासु, तिमीले खाने तरकारी, तिमी चढ्ने पिलेन, तिमी गुड्ने मोटरसाइकिल, तिमीले लाउने कपडा, तिमीले लाउने जुत्ता सबै–सबैमा हाम्रो सिप छ, हाम्रो परिश्रम छ, हाम्रो पसिना छ, हाम्रो बुद्धिविवेक छ ! के छैन ! तिम्रो सुखको जीवनलाई हामी सबै मिलेर हराभरा पारिदिएका छौं ! दुःखको कुरो हामीलाई दुःख पर्दा हाम्रो हातमा पनि थुकिदिन्नौं ! विर्सिऊ सबै हामीले सृजना गरेको तिमी बस्ने महल र तिमी उड्ने हवाइजहाजहरु ! तिमीले खाने चौरासी व्यन्जन्का मिठा पकवानहरु ! आज हामीलाई कुहेको चामलमा पनि प्रतिबन्ध लगायौं होईन ! धन्न तिम्रो संघीय लोकतन्त्र र गणतन्त्र ! तिम्रो लोकतन्त्र र गणतन्त्रभित्र हामी दुःखीगरिब, श्रमीकहरुको यस्तै हविगत हो त ! कोरोनाको कहर काटिरहेको बेला यो दुखद्को घडीमा पनि तिमीहरुलाई कमिसन चाहियो होइन ! यस्तै हुन्छ र समाजवादी सरकारमा पनि जनताको अवस्था ! नेपाली जनतालाई पुग्यो अब चाहिएको छैन, कम्युनिष्ट सरकार ! हाम्रो हातको सिप तिमीहरुको निजि काममा प्रयोग गर्दा कति खुसी थियौं है ! तर अहिले आफ्नो स्वार्थ पुर्ति गरेपछि फर्केर हेरेनौ ! खाऊँ जति खान्छौं खाऊँ, जति मोज गछौं गर ! रुमानीयाको राष्ट्रपतिको दुईजना निकोलाइ चाउचेस्कु र यलिना चाउचेस्कुको हालत नहोस् किनभने उनीहरु पनि कम्युनिष्ट थिए ! जनतामाथि गर्न छ भनेर अति नगर, खति हुन्छ ! यो कुरा बेलैमा बुझ ! अभैm केही विग्रेको छैन ! काम गर्ने सिलसिलामा गल्ति हुन्छ, मात्र त्यसलाई सुधारेर जानुपर्छ ! कोरोना भाइरसबाट आपूm पनि बचौं ! अरुलाई पनि बचाऔं ! मानवीय धर्म नविर्सौ ! कोरोनाको बारेमा सबैलाई सचेत गराऔं !!
कमेन्ट गर्नुहोस !