
फागुुन १ ।
प्यूठान, स्वर्गद्धारी प्यूठान तेस्रो महोत्सव जारी रहेको छ । महोत्सवको दोस्रो दिनमा भने महोत्सबको रौनकता सामान्य रहेको थियो । मौषमी प्रतिकुलताका कारण उत्साहजनक सहभागिता हुन सकेको थिएन । तथापी कलाकारहरुको बेजोड प्रस्तुतीले गर्दा महोत्सबमा साँस्कृतिक पक्षमा भने रमाइलै देखिएको थियो । सोमवारको प्रस्तुतीमा राष्टिय कलाकारहरु शोभा त्रिपाठी, देबी घर्ती मगर, कमल गाउले , सुवास केसी लगायतले मनोरञ्जन दिएका थिए । त्यस्तै आज मंगलवार भने मौषमले साथ दिएको र सार्बजनिक बिदा परेकाले पनि उपस्थिीति बाक्लो हुने अपेक्षा गरिएको छ । शोभा त्रिपाठीको उदघोषणमा हुने आजको कार्यक्रममा राष्टिय कलाकारहरु बबिता थापा, झलक संगीतम, भटभटे माइला, उमा गिरी लगायतको प्रस्तुती रहने महोत्सब सचिवालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस !