शुक्रबार, बैशाख ४, २०८३ | Friday 17th April 2026

प्यूठान तेस्रो महोत्सवले जिल्लाको आर्थिक विकासमा नयाँ यात्रा शुरु गर्नेछ


ज्ञामुराम न्यौपानै
अध्यक्ष, प्यूठान उद्योग वाणिज्य संघ 

स्वर्गद्वारी प्यूठान तेस्रो महोत्सव सञ्चालन गर्दै हुनुहुन्छ ? तयारी कसरी अगाडी बढिरहेको छ ?
खासगरी हामीले यहि मिति २०७४ माघ २८ गतेदेखि फागुन ८ गतेसम्म महोत्सव सञ्चालन हुन लागेको यहाँहरुलाई बिधितै छ । यो महोत्सवको सम्माननीय उपराष्टपति ज्युबाट समुद्घाटन हुनेछ । भने अन्य विशिष्ट ब्यक्तित्वहरुको पनि कर्यक्रममा सहभागिता हुनेछ । उद्घाटन समारोहमा प्यूठानका सबै तहका जनप्रतिनिधिको सहभागिता रहेनछ । हामी महोत्सव सँग सम्बन्धित ब्यवस्थापकिय पक्ष, बिज्ञापन संकलनका साथै सिंगो प्यूठानको सहभागिता र अर्थपूर्ण उपलब्धिलाई लक्षित गरी पुर्व तयारीका कामहरुमा केन्द्रित रहेका छौं । हामी प्यूठानका बिभिन्न क्षेत्रका ब्यक्तित्व सँग पनि महोत्सवको बारेमा छलफल र भेटघाट अगाढि बढाइरहेका छौं । प्रेस, बिभिन्न सरकारी कार्यालय, ब्यवसायि, संघसंस्था सँग पनि पुर्व तयारीको काममा सहकार्य गरीरहेका छौं । महोत्सवको मिति नजिकिदै छ, तयारी पनि तिब्र रुपमै अगाडि बढाएका छौं । बिजुवारको खेलमैदान नजिक महोत्सव सचिवालय स्थापना गरी अफिसियल काम यहिबाट सञ्चालन गर्न थालेका छौं । खासगरी यसका लागि कार्यसम्पादन समिति र यससँग आवद्ध बिभिन्न उपसमिति मार्फत महोत्सव तयारीको काम अगाडी बढिरहेको ब्योहोरा जानकारी गराउँदछौं ।
महोत्सवको मुख्य उद्धेश्यहरु के के हुन ?

 महोत्सवबाट प्राप्त हुने आम्दानीबाट प्युठानमा आकर्षक सहिद स्मृति पार्क निर्माण गर्नुका साथै होटल व्यवसायी संघको सचिवालय भवन निर्माण गरी पर्यटन सुचना केन्द्र स्थापना गरिनेछ ।
 स्वदेशी तथा रैथाने उत्पादन र उपयोगलाई प्रोत्साहन गर्दै देशको विकराल व्यापार घाटा न्यून गर्न सहयोग पु¥याउने आशा गरीएको छ ।
 जिल्लामा रहेका स्वर्गद्वारी लगायत मुख्य पर्यटकीय तथा ऐतिहासिक र धार्मिक स्थललाई विशेष प्राथमिकताका साथ अन्य पर्यटकीय क्षेत्रलाई राष्ट्रिय स्तरमा स्थापित गर्न सहयोग गर्ने ।
 कृषि क्षेत्रको आधुनिकिकरण, नगदे वाली र जडिबुटी जन्य खेतीको व्यवसायीकरणमा योगदान पु¥याउने ।
 स्थानीय कला, संस्कृति, विभिन्न जनसमुदायका रितिरिवाज र साहित्यको जगेर्ना एवं विकास गरीनेछ ।
 स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय क्षेत्रमा उत्पादित बस्तु एवं सेवाहरुको बृहत प्रदर्शन गरि ब्यापक प्रचार प्रसारमा सहयोग पु¥याउनेछ ।
 महोत्सव उद्घाटनमा आउने नेपाल सरकारका प्रतिनिधि मार्फत यस जिल्लाको महत्वपूर्ण आवश्यकतालाई पुरा गराउन माग पत्र पेश गर्ने ।
यस महोत्सवका मुख्य आकर्षणहरु के के हुनेछन् ?
प्यूठान मुख्यतया कृषि प्रधान जिल्ला हो । यहाँका किसानहरुलाई महोत्सवले कृषिको आधुनिकिरण र ब्यवसायिकरणको लागि मद्धत पु¥याउने छ । किसानको लागि आधुनिक कृषि औजार उपकरणहरु उल्लेखीय छुट सुविधा सहित महोत्सव स्टलबाट खरिद गर्न सकिनेछ । प्यूठानमा हालसम्म माटो परिक्षण सुविधाको अभाव छ । केहि दिनको लागि महोत्सवको अवसरमा माटो परिक्षण सुविधा उपलब्ध हुनेछ । यसका साथै प्यूठान महोत्सव समुद्घाटन सम्माननीय उपराष्टपति ज्यूबाट हुँदैछ । यसै अवसरमा प्यूठान जिल्लामा स्वास्थ्य बिमा कार्यक्रमको पनि सुरुवात हुनेछ । यसबाट स्वास्थ्य उपचारको क्षेत्रमा महत्वपुर्ण उपलब्धि हासिल हुनेछ । यसका साथै प्यूठानको मौलिक स्थानीय उत्पादन जस्तै अल्लोजन्य सामग्रि, घरेलु तथा साना उद्योग, लघु उद्योग, कृषि उपज, मह, अदुवा, हस्तकलाका सामग्रिहरुको बजारीकरण गर्न मद्धत पु¥याउनेछ । स्थानीय कला तथा संस्कृतिको प्रदर्शनिले साँस्कृतिक क्षेत्रमा टेवा दिनेछ । यसका साथै प्यूठानको मुख्य बजार बाग्दुला, बिजुवार, जुम्रिमा रहेका ब्यवसाय तथा सेवा प्रदायकहरुलाई पनि फाइदा पुग्नेछ ।
प्यूठान उद्योग वाणिज्य संघले विगतमा एक्लै महोत्सव सञ्चालन गरेको थियो । यसपटक होटल ब्यवसायी संघ सँगलाई किन जोड्नु प¥यो ?
प्यूठान उद्योग वाणिज्य संघले हरेक ३ वर्षको अन्तरमा महोत्सव सञ्चालन गर्दै आएको छ । यस वर्ष होटल ब्यवसायी संघ प्यूठानले पनि अलग्गै महोत्सव सञ्चालन गर्ने तयारी गरीरहेको थियो । एकै वर्षमा दुई÷दुई वटा महोत्सव जिल्लाको लागि बोझिलो र खर्चिलो हुने देखिएकोले दुबै संस्था मिलेर एउटै महोत्सव सञ्चालन गर्न लागिएको हो । होटल ब्यवसायी संघ प्यूठान उद्योग वाणिज्य संघको वस्तुगत सदस्य पनि हो । महोत्सव सञ्चालनबाट होटल ब्यवसायी संघले आफ्नो सचिवालय भवन सहित पर्यटन सुचना केन्द्र राख्ने सकारात्मक लक्ष्यलाई मद्धत पु¥याउने उद्धेश्यले यस वर्ष संयुक्त रुपमा महोत्सव आयोजना गर्ने तयारी गरीएको हो ।
यहाँहरुको महोत्सवमा प्यूठान उद्योग वाणिज्य संघका पुर्व पदाधिकारीहरु तथा नेतृत्वहरु खासै खटिएको देखिएन, कारण के हो ?
हामीले महोत्सवसँग सम्बन्धित बिभिन्न समितिहरुमा बिगतका नेतृत्व तथा पदाधिकारीहरुलाई जिम्मेवारी प्रदान गरेका छौं । महोत्सवको तिब्रतासँगै सबै साथीहरुले आफ्नो जिम्मेवारी र कर्तब्यलाई पुरा गर्नुहुनेछ । यो महोत्सवमा सबैको सहयोग र सहभागिता अनिवार्य ठानेका छौं ।
प्यूठान महोत्वसवको सम्पूर्ण जिम्मेवारी ठेक्कामा दिन खोजिएको भन्ने कुरा चर्चामा छ । यसबारे प्रष्ट गराइदिनुहोस न ?
यो भनाइमा सत्यता छैन । यहाँहरुलाई हामीले पत्रकार सम्मेलन गरी स्पष्ट पारी नै सकेका छौं । यस विषयमा हिजो मात्र आयोजक मार्फत प्रेश बिज्ञप्ती पनि आएको छ । खासमा महोत्सव सञ्चालनका लागि आवस्यक पर्ने बन्दोवस्तिका सामग्रिहरु बिगतमा जस्तै यस वर्ष पनि सोहि बिधि अनुसार काम गरीएको हो । जस्तै टेन्ट, स्टल, साउण्ड सिस्टम, बाल उद्यानको जिम्मा निश्चित सर्तमा जिम्मा दिइएको छ । महोत्सवको समग्र ब्यवस्थापन, सहभागिता लगायत ब्यवस्थापकिय जिम्मेवारी बिभिन्न उप समिति मार्फत सम्पन्न हुनेछन् ।
महोत्सवको मिति नजिक आउँदै गर्दा खासै रौनकता देखिएको छैन नि ?
प्यूठानमा क्रियासिल पत्रपत्रिका, रेडियो, माइकिङ, बोर्ड ब्यानर मार्फत हामीले प्रचार प्रसारमा तिब्रता दिइरहेका छौं । सामाजिक सञ्जाल मार्फत पनि महोत्सवसँग सम्बन्धित सुचनाहरु सम्प्रेषण गरीरहेका छौं । यसले सिंगो प्यूठानलाई आउँदो केहिँ दिनमा आफ्नै महोत्सव भन्ने सन्देश प्रवाह गर्नेछ ।
बिगतमा प्यूठान महोत्सव गर्नुअँघि र गर्नुपछिको भनाई र गराइमा खासै तालमेल भएको पाइँदैन किन ?
यहाँले उठाउनुभएको प्रश्न सान्दर्भिक छ । बिगतमा महोत्सवको सुरुवात गर्दै संस्थागत गर्ने कार्य गरीएको थियो भने आर्थिक रुपमा आशातित सफलता पुरा हुन सकेनन् । बिगतबाट पाठ सिक्दै यस महोत्सवले निश्चित आर्थिक उपलब्धि हासिल गर्नेछ । हामीले महोत्सवबाट लक्ष्य गरीएका कार्यहरु सम्पन्न गर्नको लागि आर्थिक मितब्ययितामा अधिकतम जोड दिएका छौं । जसको कारण पनि खर्च कटौति हुन गई उपलब्धि हासिल गर्ने पुर्व अनुमान गर्न सकिन्छ । आर्थिक दृष्टिकोणले यो महोत्सव भिन्न रहने कुरा सबैमा अनुरोध गर्न चाहन्छु ।
बहानेमा स्वास्थ्य शिबिर, ६ सय भन्दा बढी लाभान्वित
स्वास्थ्य सेवाको पहुँँचबाट टाढा रहेका बिपन्न बर्गको हितलाइ ध्यानमा राखी शनिवार नौ बहिनी स्थित बहानेमा १ दिने स्वास्थ्य शिबिर गरिएको छ । शिबिरबाट महिला ३९० र पुरुष २१० गरी ६ सय जनाले स्वास्थ्य उपचार पाएका छन् ।
समुदायका लागि हाम्रो हातेमालो नेपाल तुल्स्ीापुरको संयोजन तथा नौबहिनी गाउँपालिकाको ब्यबस्थापन र लाइफकेयर हस्पिटल तुल्सीपुरको प्राबिधिक सहयोगमा सो शिबिर गरिएको हो । शिबिरमा स्त्रीरोग बिशेषज्ञ डा.बिनोद सिंह, बालरोग बिशेषज्ञ डा. युवराज
शर्मा , हाडजोर्नी तथा नशा रोग डा. घनश्याम शर्मा, जनरल फिजिसियन डा. दिलिप धितालले स्वास्थ्य परिक्षण तथा आबश्यक उपचार गर्नु भएको थियो । सो क्रममा स्वास्थ्यकर्मीहरुले प्यूठानमा पोषणको अभाव नै शारीरिक बृद्धि बिकासमा प्रमुख समस्या रहेको निष्कर्ष निकालेका थिए ।
शिबिर संचालन हुनु पुर्ब शिबिरको उद्घाटन प्रदेश क्षेत्र नं १ र २ का सांसद हरी प्र. रिजाल र कृष्ण ध्वज खड्काले संयुक्त रुपमा गरेका थिए । उदघाटनको अबसरमा सांसद द्धयले प्यूठानमा बालबिबाह, मदिरा सेवनको अत्यधिक प्रयोग र आत्महत्या जस्ता समस्या रहेकाले यसको नियन्त्रणमा अब आपूहरुको ध्यान जाने बताएका थिए । त्यस्तै नेपाल प्राइभेट एशोशियसनका केन्द्धिय उपाध्यक्ष हरि रिजालले प्यूठानमा स्वास्थ्यका क्षेत्रमा आफूहरु सहयोग गनृ तत्पर रहेकाले सहकार्यको खाँचो औल्याएका थिए ।
                                                                                                                                                                                             अन्तरवार्ता ः राधिका भुसाल

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top