शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

२२ वर्ष भारत बसाई, गाउँ फर्के बाख्रा पालन


प्युठान,९ माघ ।
प्युठान नगरपालिका–१० कुडापानीका केशव केसीले २२ वर्ष भारतमा बसेर गाउँ फर्के । गाउँ फर्केपछि उनले फेरि भारत नजाने मनस्थिती बनाए । गाउँमै केहि व्यवसाय सञ्चालन गर्ने उनको योजना बन्यो । अन्तत उनले ०७३ सालमा साझेदारीमा बाख्रा व्यवसाय सुरु गरे । झिमरुक कृषि तथा बाख्रा नश्ल सुधार केन्द्र फर्म खोली पाँच जनाको साझेदारीमा १० लाख रुपिँया लागतमा बाख्रा व्यवसाय सञ्चालन गरेको केशब बताउछन् । उनको साझेदारीको व्यवसाय केहि समय मात्र चल्यो । हाँल उनले एक्लै बाख्रा व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
मरन्ठानाको कुडापानीमा अहिले उनले बोयरबोका–पाठी पाल्दै आएका छन् । सुरुमा ७५ वटा लोकल बाख्रा पालनबाट शुरु गरेको व्यवसायमा हाँल खरि र बेयर गरि ३० वटा बाख्रा छन् । पुरानो जातलाई संरक्षण गर्दै खरिबाट क्रस गरि बोयर बाख्रा उत्पादन गरेको उनी बताउछन् । सुरुमा अनुभव कमिले गर्दा बाख्रा मरेर आफु घाटामा परेको उनले बताए ।
बाख्रा फर्मलाई नगरपालिकाको ४ लाख सहयोग
केसीले सञ्चालन गरेको व्यवसायलाई आर्थिक वर्ष ०७५÷०७६ को मंसिर मसान्तमा प्युठान नगरपालिका वडा नंम्बर १० को रु दुई लाख र प्रदेश सरकारले दुई लाख गरि ४ लाँख रुपियाँ सहयोग गरेको सञ्चालक केसीले बताए । उनले नगरपालिकाको सहयोगमा नौ वटा बोयरबोका–पाठी किनेका बताए । एक केजी बोयर बोका–बाख्राको बच्चालाई दुई हजार रुपिँयामा किनेको उनी बताउछने । केसीले यस आथिर्क वर्षमा तीन वटा बोयर बोका बेचिसकेको बताए । उनले जिउदै १ केजीलाई पाँच सय रुपिँया पर्ने गरि बेचेको बताए ।
मासिक २५ हजार कमाई
लामो समयसम्म भारतमा जीवन बिताएका उनले बाख्रा पालन गरेरै मासिक २५ हजार रुपिँया आम्दानी गरेको बताए । विहान ७ बजे उठेर फर्ममा आउछु । उनले भने,–‘बाख्राले जे पनि खान्छन त्यसैले पाल्न सजिलो छ । ’ ८ कक्षा पास गरेका उनले बाख्रा पाल्न तालिम नपाएको दुखेसो पोखे । उनले भने,–‘ धेरै संघ संस्था संग तालिमको माग गरेपनि पाएको छैन् । ’ उनले तालिम पाएपछि बाख्रा पाल्न सहज हुने विश्वास लिएको उनले सुनाए । उनले बाख्राले खाने घासहरु निपियर, केमु, मुलाटो, डालेघास, हिउदे र बर्खे घास लगाएका छन् । त्यस्तै बाख्रालाई दाना पिसाउनका लागि सानो मिल समेत ल्याएको बताए ।उनले बाख्रा बिरामी हुँदा औषधी नपाईने समस्या रहेको उनले बताए ।
केसीले बाख्रापालन संगै तरकारी खेति पनि गरेको बताए । टमाटर, काउली, बन्दा गोबी , साग बारीमा लगाएको छु । उनले भने,–‘बाख्रा संगै तरकारी खेतिबाट पनि आम्दानी भएको छ ।’ उनको श्रीमती र एक छोरा छन् । उनले आफ्नो आम्दानीबाट घरपरिवार चलाउनु संगै छोरालाई आईएसएजी पढाएको बताए । उनले गाउँकै छिमेकीको जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरेका छन् । बाख्रा पालनका लागि १८ रोपनी र तरकारी खेतिका लागि ५ रोपनी जग्गा भाडा लिएको उनले बताए । उनले वार्षिक ५६ हजार रुपिँया जग्गाको भाडा तिर्दै आएका छन् ।
युवाले स्वदेशमै केहि गनुपर्छ ः केसी
पढेलेखेका युवा देश छाडन नहुँने केसीले निष्र्कष निकालेका छन् । आफ्नै देशमा गरे पछि जे पनि हुँदो रहेछ , उनले भने,–‘अरुको गुलामी गरेर पैसा कमाउनु भन्दा आफ्नो परिश्रममा व्यवसाय सञ्चालन गर्नु ठिक छ ।’ २२ वर्ष भारतमा जीवन बिताए, अर्काको चाकरी गर्दै आधा जीवन गयो। उनले भने,–‘घरमै बसेर घरको आटो खाएर व्यवसाय गर्नुको मज्जा छुट्टै हुँदो रहेछ ।’ सानामा पढिएन, पढाईको महत्व बुझियन , उनले भने,–‘व्यवसाय सञ्चालन गर्न पढाई महत्वपूर्ण हुँदोरहेछ ।’ घरपरिवारसंग बसेर आफ्नो सिप र दक्षता अनुसार व्यवसाय गर्न उनले आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top