शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

मोहम्मद जयन्तीबारे…… , कारीः कमरुद्धिनकमर नेपाली


सर्वप्रथम मोहम्मद–डे अथार्त मोहम्मद जयन्तीको अवसरमा संम्पूर्ण नेपालीजन तथा आम नेपाली मुस्लिम दाजुभाई तथा दिदि–बहिनिहरुमा इद मिलादुन नबीको हार्दिक शुभकामना तथा मुबारक व्यक्त गर्दछु । मोहम्मद–डे बारे म संक्षिप्त चर्चा गर्न गईरहेको छु ।
मोहम्मद –डे लाई ईद मिलादुननबी र १२ रबिउल अब्बल पनि भन्ने गरिन्छ । आमरुपमा हामी नेपाली मुस्लिम समुदायले मोहम्मद जयन्ती भनेर मनाउने गर्दछौँ । आज भन्दा १४९१ वर्ष पहिले अरब देशको मक्का शहरमा जो हाम्रो पवित्र तिर्थस्थल पनि हो त्यहाँ बनु हाशिम खानदानमा हजरत अब्दुल मुत्तलिबको घरमा बुवा हजरत अब्दुल्लाह र आमा हजरत अमिना रदिउल्लाह ताला अन्हुमाको कोखबाट २२ अप्रिल ५७१ ई.वि मा हजरत मोहम्मद सलल्लाहु अलैहे वसल्लमको जन्म भएको हो ।
अरेबिक महिनाको रबिउल अब्बलको १२ तारिब सोमवारका दिन विहान सूर्य उदाउनु पूर्व हजरत मोहम्मद सलल्लाहु अलैहे वसल्लमको जन्म भएको हो । मोहम्मदको जन्म दिनलाई संसारभरमा मुस्लिम धर्मावलम्बीहरुले मोहम्मद–डे मनाउने गर्दछन् ।
मोहम्मद–डे का अवसरमा आफ्नो परम्परा वमोजिम गरिब, असक्त अनाथ बालबालिकाहरुलाई दान दिने, घर–आगँन सरसफाई गर्ने, घरमा इस्लामीक झण्डा फहराउने, दिप–प्रज्वलन गर्ने, मोहम्मदको यादमा मिलादुन नबीको आयोजना गर्ने र मोहम्मदको गुणगान गर्दै जुलुस निकाली मोहम्मद जयन्ति मनाउने प्रचलन रहँदै आएको छ । हजरत मोहम्मद सलल्लाहु अलैहे वसल्लम अल्लाह (ईश्वर) को दुतको रुपमा जगतमा आएको इतिहास बताउँछ । मोहम्मदको मिठो बोली, सुद्ध तथा नैतिक आचरण तथा व्यवहारबाट अरबका जनताहरु प्रभावित भएका थिए । ४० वर्षसम्म उहाँले अरबमा रही इस्लाम धर्मका धार्मिक मान्यताबारे जनताहरुलाई प्रशिक्षित गर्नु भएको थियो ।
एकदिन मोहम्मद सलल्लाहु अलैहे वसल्लमले अरबको अग्लो पहाडबाट के तपाईहरु अल्लाहको अलवा यो संसारमा कोही छैन् भनेर मान्नुहुन्छ? भनी प्रश्न गर्नुभएको थियो जवाफमा अरबीक जनताहरुले हामी मान्न तयार छौँ भनी जवाफ फर्काएका थिए र यो नै पहिलो इस्लाम धर्मको मौखीक प्रचारप्रसार भएको इतिहासको एक अध्ययनबाट बुझ्न सकिन्छ । मोहम्मद जयन्ती यही कार्तिक २४ गते आइतबार मनाईदै छ ।
लेखकः नेपाल जमिअतुल ओल्मा प्रदेस नं. ५ का उपाध्यक्ष समेत हुन ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top