
–अर्जुन कुमार कक्षपति
मेयर
प्यूठान नगरपालिका प्यूठान,
१. तपाईले आफ्नो क्षेत्रमा के के गरिरहनु भएको छ ?
प्युठान नगरपालिकाको नगरप्रमुखको रुपमामिति २०७४÷३÷२३ गते पद तथागोपनियताको सपथपश्चात पद बहाली गरेँ । ततपश्चात राजनीतिकदलहरु, नागरिक समाज,पत्रकार, सरकारी कार्यालय र गैर सरकारी संघ संस्थाहरुसँग नगरपालिकाले प्राथमिकतादिनु पर्ने बिषयमाराय परामर्श तथाअन्तक्र्रिया सम्पन्नगरियो । २०७४÷४÷३गते पहिलो नगर कार्यपालिकाको बैठक बस्यो । बैठकले सामाजिक सुरक्षाभत्ताको रकम घरदैलोमागएर वितरण गर्ने, नदी नियन्त्रण, ६० बर्ष भन्दामाथिका ज्येष्ठ नागरिकलाई निशुल्कआँखाउपचार, असाध्य रोग लागेकालाई उपचार गर्न स्वास्थ्य संस्थामाजाँदायातायातखर्च, विपदमा परेकालाई राहत जस्ता बिषयमा निर्णयहरु गरियो । नगरकार्यपालिका सञ्चालनकालागिआवश्यक ऐन, नियम, कार्यबिधिहरु पारित गरियो । राजश्व परामर्श तथाअनुमान समिति, स्रोत अनुमानतथातथाबजेट बाँडफाँडसमिति, कार्यपालिकाकाबिषयगत समितिहरु गठन भए । बिषयगत समितितथाबिषयगतकार्यालय, वडा समितिमार्फत बजेट तर्जुमागरियो । २०७४÷५÷१ र २ गते प्युठान नगरपालिकाको प्रथमनगरसभाबाट नीति, बजेट तथाकार्यक्रमपारित गरी हालपूर्वाधार बिकास, क्षमताबिकास, लक्षितकार्यक्रमहरु सञ्चालनभई रहेका छन । यसमा मैले समन्वय, अनुगमन, सामान्य रेखदेख तथा नियन्त्रणको कामगरिरहेको छु ।
२. प्युठान नगरपालिकाको लागिप्रमुखतथा महत्वपूर्णप्राथमिकताको क्षेत्र कुनकुनहुन?
स्वच्छ , सुन्दर र वातावरणमैत्रीप्युठान नगर कृषि, पर्यटन र पूर्वाधारयुक्तशहर भन्ने नाराका साथकाम अघि बढी रहेको छ । स्थानीयतह स्थानीय सरकार भएकोले सबै क्षेत्रहरु स्थानीयतहकाप्राथमिकताका क्षेत्रहरु हुन । स्थानीय सरकार सञ्चालनऐनले समेत स्थानीयतहले गर्ने कार्यहरुको बारेमा स्पष्ट पारेको सन्दर्भमाहाम्राप्राथमिकताहरु धेरै छन । नगरसभातथानगर कार्यपालिकाले तय गरेकाप्राथमिकताहरुमा सडक, मोटररेवल बाटो, शिक्षा, स्वास्थ्य, कृषि, पशुबिकास, नदी नियन्त्रण प्रमुखप्राथमिकताका क्षेत्रहरु हुन ।
३. विकासका अप्ठेरा चुनौती के के हुन?
कठिन भूगोल, कमजोर शहरी पूर्वाधार, स्रोत साधनको न्युनता, योजनागुरुयोजनाहरु नबनी सकेको अवस्था, कानूनीतथानीतिगत अस्पष्टता आदिबिकासकाचुनौतीहरु रहेका छन ।
४. बिकासको मोडेल के हुन सक्छ ?
स्थानीयतहका बिकासको मोडेल स्थानीयआवश्यकता र कार्यक्षेत्रले निर्धारण गर्दछ । प्युठान नगरपालिकाको बिकासका मोडेलदिगो, वातावरणमैत्री, गरिबीनिवारणमा टेवा पु¥याउने, जलवायु परिवर्तन उत्थानशील, जनसहभागितामाआधारित रहने कुरा व्यक्तगर्दछु ।
५. प्रतिपक्षले सहभागीनगराएको गुनासाका सन्दर्भमातपाईको के भनाई छ?
स्थानीयतहमा १५ बर्षपछि निर्वाचितजनप्रतिनिधिहरु बहाल भएपछि यो पक्ष र उ पक्षभन्ने नै रहेन । जनप्रतिनिधिहरुसबैकाहुन र हुनु पर्छ भन्ने बिषयमा म लगायत प्युठान नगरपालिकाकासबै पदाधिकारीहरु सचेत हुनुहुन्छ । प्युठान नगरपालिकाको निर्वाचित समुहमा नेपालीकाँग्रेस, नेकपाएमाले, नेकपामाओवादी केन्द्र र राजमोको प्रतिनिधित्व रहेको छ । बिषयगत समिति गठन तथाअन्य समितिमा सबैलाई समेटिएको छ । राय परामर्शकालागि सर्वदलीय बैठक (जिल्ला स्तरीय तथानगर स्तरीय) गर्ने गरिएको छ । त्यसैले प्रतिपक्षलाई सहभागीनगराएको कुरा साँचो होईन ।
६. सामाजिक साँस्कृतिकविकासको लागि के गर्नु पर्ला ?
समाजिकबिकासका क्षेत्रहरुको पहुँच, उपयोग तथा गुणस्तरमाअभिवृद्धि गर्ने काममाजोड दिईएको छ भने साँस्कृतिकविकासलागि संस्कृतीको संरक्षण तथा प्रवद्र्धनात्मककामहरु गर्नु पर्दछ ।
७. बजेटविनियोजन कसरी भयो ?
प्युठान नगरपालिकालाई समानीकरण अनुदान २२ करोड तथा सशर्त अनुदान १४ करोड, सामाजिक सुरक्षाभत्तामा ६ करोड र आन्तरिक आय राजश्व बाँडफाँड समेतबाट एक करोड ५० लाखअनुमान गरे बमोजिम यसै सीमाभित्र रहेर बजेट तर्जुमागरिएको हो । सशर्त अनुदानशिक्षा र स्वास्थ्य क्षेत्रमाअधिक हिस्सा छ । समानीकरण अनुदानलाई समानुपातिक रुपमावडामा बिभाजन गरी पूर्वाधार निर्माण, कृषि, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपदव्यवस्थापन र नगर सौन्र्दय अभिबृद्धि गर्ने गरी बजेट तयार पारिएको छ ।
अन्तरवार्ता ः राधिका भुसाल
कमेन्ट गर्नुहोस !