आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

भिङ्ग्री बजार सिसी क्यामेराको निगरानीमा मनिटर चौकीमा


झइन्द्र भण्डारी
प्यूठान । नेपाल प्रहरी प्रदेश नम्बर ५ को कार्यक्रम अन्तर्गत प्यूठान जिल्लाको खलंगा बजार तथा भिङ्ग्री बजारमा सि सी क्यामेरा जडान गरिएको छ ।
यसैसङ्गै भिङ्ग्री बजार पुरै सि सी क्यामेराको निगरानीमा आएको छ । यसको मनिटर ईलाका प्रहरी कार्यालय भिङ्ग्री प्यूठानको सञ्चार शाखामा राखिएको छ । यसबाट अपराधिक कामहरू नियन्त्रणमा आउने र यी बजारहरू सुरक्षीत हुने बताउनु हुन्छ प्यूठानका प्रहरी प्रमुख ९ डि एस पी ० निर्मल बुढाथोकी । उहाँले भन्नू भयो -‘अहिले सुरक्षाको हिसाबले संबेदनसिल रहेका क्षेत्रहरूमा सि सी क्यामेरा जडान गरि प्रत्यक्षरुपमा बजारका गतिविधिहरूलाई सम्बन्धित कार्यालयमा बसेर चौबीसै घण्टा बजार निगरानीमा राख्न सकिन्छ । यसले बजारमा तथा समाजमा अपराधीक क्रियाकलाप कम हुने र भइहाल्यो भने पनि अपराधी सजिलैसङ्ग नियन्त्रणमा ल्याउन सकिने हुनाले बजार व्यवस्थापन र सुरक्षामा यसले ठूलो टेवा पुर्याउनेछ ।’
उता इ प्र का भिङ्ग्रीका प्रमुख प्रहरी नायब निरीक्षक भुपेन्द्र भण्डारीले भिङ्री बजार अब झन व्यवस्थित हुने र सुरक्षीत हुने कुरामा विश्वस्त हुनुहुन्छ । उहाले भन्नू हुन्छ, ू यो अत्यावश्यक कुरा हो । यसले जनता पनि सुरक्षीत भएको महसुस गरेका छन । भण्डारीका अनुसार भिङ्ग्री बजारको स्वर्गद्वारी गेटनेर ३६० डिग्रीको कोणमा घुम्ने क्यामेरा फिट गरिएको छ । योसङ्गै प्राथमिक स्वास्थ्य केन्द्रको अगाडि र इ। प्र। का । को अगाडि गरि भिङ्री बजारमा जम्मा ३ वटा क्यामरा जडान गरिएको छ । यी क्यामेराले पुरै भिङ्ग्री बजार सि सी क्यामराको निगरानीमा छ ।
गृहमन्त्रालय नेपालको लागतमा भएको उक्त कार्यक्रम प्यूठान जिल्लामा १५ लाखको बजेट परेको थियो यसको टेन्डर अनुसार करिब १२ लाखको लागतमा काम सम्पन्न भएको डिएसपी निर्मल बुढाथोकीले बताउनु भयो । प्यूठान जिल्लामा भिङ्ग्रीमा ३ ओटा र खलंगामा ६ ओटा गरि ९ ओटा क्यामरा जडान भएका छन ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top