आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

ठुलाबेसी नजिकै झिमरूकले बगाउँदा एक जनाको मृत्यु


 

जायश्वर जैसी , ठुलाबेसी प्युठान
गौमुखी गाउँपालिका ५ ठुलाबेसी नजिक रहेको झिमरूक नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
शनिबार बेलुका करिब ५ बजेतिर ठुलाबेसी नजिकबाट झिमरूक नदी तर्न खोज्दा गौमुखी गाउँपालिका ४ पुजाका अन्दाजी ३५ वर्षीय किसान पुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । ठुलाबेसीदेखि करिब डेढ किलोमिटर तल फड्के भन्ने स्थानमा पुनको सब भेटिएको स्थानीयबासी कवि केसीले बताए ।
घटनाको स्थलगत अध्ययनको लागि जिल्ला प्रहरी कार्यालय प्युठानको मुद्दा फाँटमा कार्यरत प्रहरी सहायक निरीक्षक ९सई ० बुद्धिप्रसाद राना नेतृत्वको एक टोली त्यहाँ पठाइएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ । घटनाको मुचुल्का उठाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल प्युठान लैजाने तयारी भएको छ । मृतक पुनका श्रीमतीसहित एक छोरा र एक छोरी रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top