शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

प्यूठान नगरपालिकाभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सरोकारवालाहरुको प्रतिवद्धता


प्रकाश बैद्य
प्यूठान,सुर्तीजन्य पदार्थले मानव स्वास्थ्यमा गम्भिर हानी हुने भएकाले नगर क्षेत्रभित्र यसको नियन्त्रण तथा नियमनका लागि सरोकारवालाहरुले प्रतिवद्धता गरेका छन् ।
लुम्विनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय दाङ्गको आयोजनामा आज आइतवार प्यूठान नगरपालिकामा भएको सुर्तीजन्य पदार्थ सेवन तथा मध्यपानको न्यूनिकरण विषयक १ दिने अन्तरक्रिया कार्यक्रममा सहभागि सरोकारवालाहरुले उक्त प्रतिवद्धता जनाएका हुन् ।
प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर योगीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा सहभागि जनप्रतिनिधि,शिक्षक,उद्योगवाणिज्य संघ,सञ्चारकर्मी,स्वास्थ्यकर्मी टोल विकास समिति,नागरिक समाज ,सुरक्षा निकाय लगायतका प्रतिनिधिहरुले १० बुँदे प्रतिवद्धतापत्रमा हस्ताक्षर गरी सुर्तीजन्य पदार्थको उत्पादन ,बेचविखन देखि लिएर कानुन विपरित प्रयोग गरे गराएमा अनुगमन निरिक्षण एवं नियन्त्रण गरी कार्वाही गर्ने तथा सुर्तीजन्य पदार्थको प्रयोग न्यूनिकरण गर्न सचेतनामुलक अभियान सञ्चालनका लागि साझा प्रतिवद्धता जनाएका छन् ।
प्रतिवद्धतापत्रमा भनिएको छ ः “सरोकारवाला तथा साझेदार निकायहरुसंग समन्वय गर्दै सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि व्यापक अभियान सञ्चालन गर्नेछौ ,सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि आजको दिनवाट सुरु गरी यस प्यूठान नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरु सुर्तीजन्य पदार्थको सेवन छोड्ने प्रतिज्ञा गर्दछौ ,पालिकाका सम्पूर्ण सार्वजनिक निकायहरुमा सुर्तीजन्य पदार्थ निषेध गरिनेछ ,इजाजतपत्र लिएर मात्र सुर्तीजन्य पदार्थको बेचविखन गर्न पाउने व्यवस्था गरिनेछ ,प्रयोगकर्तालाई लत छुटाउन स्वास्थ्य निर्देशनालय लुम्विनी प्रदेशको समन्व्यमा स्वास्थ्यकर्मीलाई तालिम दिने व्यवस्था गरिनेछ ,सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनका लागि अध्ययन तथा अनुसन्धान गर्दै जानेछौ ,आमा समुह,शिक्षक ,युवाक्लव,टोल विकास संस्थाहरु,आम समुदाय संग सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि छलफल तथा अन्रक्रियालाई व्यापक बनाइनेछ ,संघीय कानुनु तथा जनस्वास्थ्य सेव ऐन २०७५ अनुसार प्यूठान नगरपालिकाको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि रणनीति तयार गरिनेछ,सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि निरन्तर अनुगमन तथा सुपरिवेक्षण गरिनेछ,यस पालिकालाई क्रमशःःसुर्तीजन्य पदार्थ रहित पालिका घोषणा गरिनेछ ” ।
कार्यक्रममा सुर्तीजन्य पदार्थको सेवनबाट मानिसलाई हुने नकारात्मक असर ,नियन्त्रण र नियमनमा देखिएका समस्याहरु,सुर्तीजन्य पदार्थ सेवन तथा मध्यपान नियन्त्रणमा स्थानीयतह एवं सञ्चारकर्मीहरुको भुमिका लगायतका विषयमा अन्तरक्रिया गरिएको थियो।
कार्यक्रमको विषयवस्तु माथी प्रकाश पार्दै लुम्विनी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा अधिकृत भरत कुँवरले धुम्रपान तथा सुर्ती सेवन मन्द विष भएकाले यसको सेवन गर्नाले ह्रदयघात,क्यान्सर जस्ता रोग निम्तिने र फोक्सो श्वासप्रश्वास,मुटु सम्वन्धी समस्या सृजना हुने लगायत विभिन्न स्वास्थ्य समस्याहरु उत्पन्न हुने भएकाले यसलाई न्यूनिकरण गर्न आवश्यक रहेको भन्दै विद्यालय अभिभावक,शिक्षा तथा स्वास्थ्य कार्यालय ,सञ्चारकर्मी सवैले विशेष भुमिका निभाई सचेतना जगाउनु आवश्यक रहेको बताए । क्यान्सर मुटु रोग जस्ता विरामी हरेक दिन लुम्विनी प्रदे स्वास्थ्य निर्देशनालयमा औषधि उपचारको सहुलियतका लागि सिफारिस लिन आउने गरेको स्मरण गराउदै उनले युवा महिला तथा बालबालिका वर्तमान समयमा कुलतमा परेकाले उनीहरुलाई सुर्तीजन्य पदार्थको प्रयोगबाट बचाउन सवैले आ आफ्नो क्षेत्रवाट विशेष भुमिका खेल्नुपर्नेमा जोड दिए ।

कार्यक्रम मद्यपान न्यूनिकरणका विषयमा सहजिकरण गर्दै लुम्विनी प्रदेश स्वास्थ्य निर्देशनालयका एम एस एस अधिकृत सन्देश पौडेलले मदिरा सेवनले मानिसको प्रगतिमा,स्वास्थ्यमा र सम्पत्तिमा असर पर्ने भएकाले यसको न्यूनिकरणका लागि सवैलै भुमिका खेल्नु पर्ने बताए । मदिराको सेवनले क्षयरोग ,एचआइभि ,मधुमेहको अनुपातमा बढी मुत्यू भएको भन्दै उनले समुदायमा असर पुर्याउने देखि लिएर पारिवारिक गतिशिलतामा समेत मदिराले असर पुर्याउने प्रष्ट्याए । मदिरा नियन्त्रणका लागि कर बृद्धि,सञ्चारमाध्यमद्धारा प्रचारात्मक अभियान सञ्चालन,अनुगमन ,नियन्त्रण तथा ऐन कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिनु पर्नेमा उनले सुझाए ।
प्यूठान नगरपालिकाका उप–प्रमुख देवेन्द्र बर्मा,प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारी,नगरका वडा अध्यक्षहरु,स्वास्थ्यकर्मी,शिक्षक,नागरिक समाज,उद्योगवाणिज्यसंघब ,सञ्चारकर्मी,
सुरक्षाकर्मी,टोल विकास संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन प्यूठान नगरपालिकाका स्वास्थ्यशाखा प्रमुख गोविन्दराज घिमिरेले गरेका थिए ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख गोविन्द राज घिमिरेले नगर भित्र सञ्चालन हुने आइ पि.भी. खोप अभियान सम्वन्धी जानकारीमुलक प्रस्तुतिकरण समेत गरेका थिए । जस अनुसार नगरपालिका क्षेत्र भित्र यही जेठ १३ देखि २६ सम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य प्रमुख घिमिरेले जानकारी दिए ।

 

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top