शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

सहकारी केन्द्र नेपाल प्यूठानको जिल्ला भेला सम्पन्न ,२७ सदस्यीय जिल्ला कार्यसमिति चयन


प्यूठान,नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र ) निकट सहकारीकर्मीहरुको संगठन सहकारी केन्द्र नेपाल प्यूठानको प्रथम जिल्ला भेला हिजो विहिवार जुम्रीमा सम्पन्न भएको छ ।
भेलाले उमाराम पौडेलको अध्यक्षतामा २७ सदस्यीय प्यूठान जिल्लाा समिति गठन गरेको छ । समितिको उपाध्यक्ष दुर्गा रेग्मी ,सचिव नरेश्वर लम्साल,सहसचिव लाल बहादुर जि.सि. कोषाध्यक्ष निर्मला पोख्रेल,सदस्यहरुमा बलभद्र के.सी.,दिन बहादुरजि.सि.,सुनिल सापकोटा,कमला थापा,रुपा के.सी,उमा शर्मा,यनुका घर्तिमगर,लक्ष्मी आचार्य,गिरिराज पौडेल,तुलसा सुवेदी लगायतका रहेका छन् ।
सहकारी केन्द्र नेपाल लुम्विनि प्रदेश समिति सदस्य सरस्वती जि.सि.को अध्यक्षतामा भएको कार्यक्रममा ने.क.पा. माओवादी केन्द्रका केन्द्रीय सदस्य सरस्वती न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । भेलाको उद्घाटन सत्रमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार बोम बहादुर भण्डारी,जिल्ला संयोजक यज्ञ बहादुर के.सी.(प्रभात),लुम्विनी प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष टिकाराम पोख्रेल,जिल्ला सहकारी संघका अध्यक्ष सुशील पोखरेल ,प्रकाश बैद्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top