शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

बचत तथा ऋण सहकारी संघ प्यूठानको नेतृत्वमा पुनः भोज बहादुर बस्नेत


प्यूठान,जिल्लाका बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संघ बचत तथा ऋण सहकारी संघ लि. प्यूठानको नेतृत्वमा पुनः भोज बहादुर बस्नेत निर्वाचित भएका छन् ।
हिजो शनिवार बिजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लि.को सभा हल जुम्रीमा सम्पन्न संघको विशेष साधारण सभाले बस्नेतको अध्यक्षतामा आगामी ४ वर्षका लागि ९सदस्यीय सञ्चालक समिति तथा ३ सदस्यीय लेखासुपरिवेक्षण समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

समितिको उपाध्यक्षमा माया गिरी,सचिवमा बलभद्र के.सी र कोषाध्यक्षमा निरज सुवेदी निर्वाचित भएका छन् भने सदस्यहरुमा प्रेम प्रसाद आचार्य,माधव पराजुली ,भगवता के.सी.,कृष्ण श्रेष्ठ र हिरा गिरी निर्वाचित भएका छन् । त्यसै गरी साधारण सभाले लेखासुपरिवेक्षण समितिको संयोजकमा केशवराज भण्डारी तथा सदस्यहरुमा दधिराम भण्डारी र नारायण जि.सि.लाई सर्वसम्मत रुपमा चयन गरेको नवनिर्वाचित अध्यक्ष भोज बहादुर बस्नेतले जानकारी दिए ।
संघमा जिल्लाका ३० वटा प्रारम्भिक बचत तथा ऋण सहकारी संस्थाहरु आवद्ध रहेको समेत अध्यक्ष बस्नेतले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top