शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

मृतक सदस्यका परिवारलाई बिमा रकम भुक्तानी



प्यूठान, बिजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लि. ले मृतक सदस्यका परिवारलाई आज बिमा दावी बापतको रकम भुक्तानी दिएको छ ।
बिजय फूलवारी बचत तथा ऋण सहकारी संस्था लि. बाट ऋण लिदा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बिमा गराएकी संस्थाका सदस्य प्यूठान नगरपालिका वडा न. १ क्वाडी निवासी हुकुमा धामीको गत जेठ ३१ गते मृत्यू भए पछी निजको श्रीमान नरे धामीलाई बिमा दावी बापतको रकम भुक्तानी गरिएको हो ।
२०७९ भदौ २३ गते ६० हजार ऋण लिदा मृतक हुकुमा धामीले बिजय फूलवारी बचत तथा ऋण सहकारी संस्थामा सिटिजन लाइफ इन्स्योरेन्सको बिमा प्रिमियम बापत रु ३ सय २४ रुपैया तिरेकी थिइन । संस्थाले उक्त प्रिमियम सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई बुझाएको थियो । मृतकको परिवारलाई बिमांक रकम ६० हजार र क्रिया खर्च रु ६ हजार गरी ६६ हजार प्रदान गरिएको छ ।
मृतकको दावी भुक्तानी रकम सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बिजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लि. को बैंक खातामा जम्मा गरि दिए पछी संस्थाले एक कार्यमक्रम गरी मृतकको हकवालालाई दावी रकम भुक्तान गरेको हो ।
बिजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष नेत्रमणी आचार्यको अध्यक्षतामा भएको बिमा रकम भुक्तानी कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष लोक बहादुर बस्नेत ,उपाध्यक्ष राधा पुलामी ,कोषाध्यक्ष किरण के.सी, व्यवस्थापक प्रकाश बैद्य, सिटिजन लाइफ इन्स्योरेन्स बिजुवार शाखा प्रमुख दिनेश कार्की , संस्थाका कर्मचारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
सहकारी मार्फत बिमा रकमको दावी भुक्तानी सहजै पाए पछी मृतकका श्रीमान नरे धामीले आफु पनि सहकारीको सदस्य बन्ने प्रतिवद्धता जनाएका थिए ।
बिजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लि.ले बिगत ४ वर्ष देखी सिटिजन लाइफ इन्स्योरेन्स संग सहकार्य गरी सदस्यहरुको बिमा कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top