प्रकाश बैद्य
प्यूठान,प्यूठान नगरपालिकाले रनिङ्ग शिल्ड जित्ने खेलाडीहरुलाई सम्मान गरेको छ ।
विहिवार देखी शनिवार सम्म गणतान्त्रिक खेल मैदान बिजुवारमा भएको अन्तरपालिका स्तरीय १२ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गरी शिल्ड प्राप्त गर्न सफल नगरपालिकाका खेलाडीहरुलाई आज प्यूठान नगरपालिकाको कार्यालय बिजुवारमा एक कार्यक्रम गरी नगरपालिकाले सम्मान गरेको हो ।
नगर प्रमुख विष्णु बहादुर योगीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा नगर उप–प्रमुख देवेन्द्र बर्मा ,सामाजिक विकास समिति संयोजक नरेन्द्र पुन मगर ,विभिन्न वडाका वडाध्यक्षहरु ,खेलाडी,खेल प्रशिक्षक तथा खेलाडी सम्मिलित विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो
राष्ट्रपति रनिङ्ग शिल्डमा नगरपालिकाका खेलाडी टिमले छात्रा भलिवल प्रतियोगितामा तृतिय स्थान ल्याउन सफल भएका थिए भने छात्रा कवड्डीमा पनि तृतिय स्थान ल्याउन सफल भएका थिए । त्यसै गरी छात्र कवड्डीमा द्धितिय ,छात्रासटपट थ्रो मा तृतिय ,छात्र सटपट थ्रो मा तृतिय ,छात्र तिपलजम्पमा प्रथम, छात्र लङ्गजम्पमा प्रथम,छात्र १०० मिटर दा्रैडमा द्धितिय,छात्र २०० मिटर दौडमा तृतिय ,छात्र २०० मिटर दौडमा द्धितिय,छात्र ४०० मिटर दौडमा तृतिय ,छात्र ४०० मिटर दौडमा प्रथम,छात्र ८०० मिटर दौडमा प्रथम,छात्र १५०० मिटर दौडमा प्रथम,छात्रा ३ हजार मिटर दौडमा द्धितिय,छात्रा १०० * ४ रिलेमा तृतिय ,छात्र १०० * ४ रिलेमा प्रथम,छात्रा ४०० * ४ रिलेमा प्रथम,छात्र ४०० * ४ रिलेमा द्धितिय,छात्र कराँते यु ४२मा प्रथम,छात्र कराँते यु ४७ मा प्रथम ,छात्र कराँते यु ५२मा प्रथम,छात्र कराँते एकल काँतामा द्धितिय,छात्रा कराँते यु ४० मा प्रथम,छात्रा कराँते यु ४५ मा द्धितिय,छात्रा कराँते यु ५० मा प्रथम ,छात्रा कराँते एकल काँतामा द्धितिय,छात्र तेक्वान्दो यु ४८ मा प्रथम,छात्र तेक्वान्दो यु ५१ मा द्धितिय,छात्रा तेक्वान्दो यु ४४द्धितिय र छात्रा तेक्वान्दो यु ४६ मा प्रथम स्थान हासील गरी समग्र हिसावले प्रथम हुन सफल सवै खेलाडीहरुलाई सम्मान गरिएको थियो ।
खेलाडीहरुलाई नगर प्रमुख विष्णु बहादुर योगी,उप प्रमुख देवेन्द्र बर्मा , सामाजिक विकास समिति संयोजक एवं प्यू.न.पा. ६का वडा अध्यक्ष नरेन्द्र पुन मगर ,अन्य वडाका वडाध्यक्षहरुले खादा प्रमाण पत्र तथा नगद पुरस्कार सहितले सम्मान गरेका थिए ।
सम्मान कार्यक्रममा बधाई एवं धन्यवाद मन्तव्य व्यक्त गर्दै नगर प्रमुख विष्णु बहादुर योगी,उप प्रमुख देवेन्द्र बर्मा ,सामाजिक विकास समिति संयोजक नरेन्द्र पुन मगर लगायतका बक्ताहरुले खेलाडी भाइबहिनीहरुको लगनशिल मेहनत र सक्रियताले महत्वपूर्ण उपलव्धी हासिल गर्न सफल भएको बताउदै आगामी दिनमा निरन्तर लगनशिलताका साथ थप प्रगतिको कामना गरेका थिए । कार्यक्रमको सञ्चालन प्यूठान नगरपालिका शिक्षा शाखा प्रमुख वासु देव पण्डितले गरेका थिए । कार्यक्रम पश्चात शिल्ड जितेको खुशीयालीमा खेलाडीहरु शिल्ड सहित प्यूठान नगर बजार क्षेत्र परिक्रमा गरेका थिए ।
कमेन्ट गर्नुहोस !