मङ्लबार, बैशाख ८, २०८३ | Tuesday 21st April 2026

जीवित देवीको रुपमा मानिने कुमारी परिर्वतन गरियो


काठमाडौं–जीवित देवीको रुपमा मानिने कुमारीको परिर्वतन गरिएको छ ।

विभिन्न विधि र प्रक्रिया पुरा गर्दे गुठी संस्थान काठमाण्डौले विहिबार विधिवत रुपमा कुमारी परिर्वतन गरेको हो ।
विहिबार मध्यान्ह १२ बजेको शुभसाईतमा कुमारीलाई हनुमानढोकास्थित कुमारी घरमा रहेको कुमारीको सिंहासनमा विराजमान गराईएको हो ।
त्यसअघि कुमारीलाई हनुमानढोकाको मुल चौकमा लगिएको थियो । मुल चौकमा दर्शन गराएपछि कुमारीलाई कुमारी घर लगि कुमारीको सिंहासनमा विराजमान गराईएको हो ।
प्रतिस्थापन गरिएकी नया कुमारीलाई भोली अर्थात् नवमीको दिन बर्षमा एक दिन मात्रै खुल्ने तलेजु भवानीको दर्शन र साक्षात्कार गराईन्छ ।
पुर्ण तान्त्रिक विधिपुर्वक तलेजु भवानीको दर्शन एंव साक्षात्कार गराएपछि मात्रै उनलाई पुर्णरुपमा जीवित देवी कुमारीको रुपमा पुजा गर्ने गरिन्छ ।
तलेजु भवानीको जीवित रुपमा कुमारीलाई पाउन सकिने नेवारी सम्प्रदायमा भएको मान्यता अनुसार पहिला कुमारीलाई तलेजु भवानीको प्रत्यक्ष दर्शन गराउने गरिन्छ । तलेजु भवानीको दर्शन गराउनका लागि कुमारीलाई कुमारी घरबाट पैदल हिडाएर लग्ने गरिन्छ । त्यस यता कुमारीलाई हिडाउने चलन छैन ।
गुठी संस्थान अन्र्तगत दिपक बहादुर पाण्डेयको संयोजकत्वमा गठित उपसमितिले सम्पुर्ण प्रक्रिया पुरा गरी कुमारीका लागि कन्या छनौट गरेको हो ।
उपसमितिले १८ वटा महाविहारका ३ जना प्रतिनिधि, पञ्चबुद्धका राजगुरुज्यु समेतको ५ जनाको छनौट समितिबाट कुमारीका लागि योग्य कन्या चयन गरेको थियो ।

वर्तमान कुमारीको उमेर हदका कारण प्रतिस्थापन गर्न आवश्यक देखिएको भन्दै गुठी संस्थानले नया कुमारीको रुपमा मञ्जुश्री नक महाविहारका विजयरत्न शाक्य र श्रृजना शाक्यकी ३ बर्षिया छोरी तृष्णा शाक्यलाई छनौट गरेको हो । चार जना मध्येबाट राष्ट्र अनुकुलको योग अनुसार तृष्णा शामक्यको कुण्डली मिलेकाले उनैलाई छनौट गरिएको गुठी संस्थानले जनाएको छ । कुमारी चयन गर्दा राष्ट्र अनुसारको कुण्डली योग मिलाउने चलन रहि आएको छ ।
बर्ष भरि विभिन्न पर्व विशेषमा पर्व जात्रा अवलोकनका लागि १३ पटक कुमारीको सवारी चलाउने गरिन्छ । कुमारीका लागि औपचारिक शिक्षा लगायतका सबै सेवा कुमारी घर भित्र नै उपलब्ध गराईन्छ

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top