आइतवार, जेष्ठ १७, २०८३ | Sunday 31st May 2026

प्यूठानमा आईसोलेसन सेन्टर तयार गरिने


प्यार अलि खाँन
प्यूठान नगरपालिका वडा नं २ स्थित अरनिको आधारभुत विद्यालयमा आइसोलेसन सेन्टर तयार गरिने भएको छ।
जिल्लामा कोभिड १९ को संभावित जोखिमबाट बच्न ४० जना क्षमताको आइसोलेसन सेन्टर तयार गर्न लागिएको जिल्ला समन्वय समिति प्यूठानका प्रमुख केशवराज आचार्यले जानकारी दिए । ५ नंम्बर प्रदेश सरकारबाट निर्देशन भएबमोजिम हामी सबै पक्ष लागि परेका छौं। आचार्यले भने,‘कोरोनाबाट जिल्लाबासीलाई सुरक्षित राख्न प्यूठानका सबै स्थानीय सरकार सुरक्षा निकाय, प्रशासन प्रतिबद्ध छन् । पछिल्लो समयमा भारतबाट आउने प्यूठानीको व्यवस्थापन प्रमुख चुनौती रहेको उनले बताए।
यसअघि प्यूठान अस्पतालमा १० जना क्षमताको आइसोलेट बेड तयारी अवस्थामा रहेको छ।
आइसोलेसन सेन्टरमा स्वाव परिक्षणबाट पिसिआर रिपोर्ट पोजेटिभ देखिएका विरामीहरुलाई प्रारम्भिक उपचारको व्यवस्था गरिने बताईएको छ।
आइसोलेसन सेन्टर निर्माणमा जिल्लाका ९ वटै स्थानीय सरकार, जिल्ला समन्वय समितिको आर्थिक सहयोग रहने छ।
विहिवार जिल्ला समन्वय समितिका उपप्रमुख पदम थापाको संयोजकत्वमा ५ सदस्यीय आइसोलेसन व्यवस्थापन समिति गठन गरिएको छ जस्को सदस्यमा प्यूठान ननगरपालिका नगर प्रमुख अर्जुन कुमार कक्षपति , मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज राना, जिल्ला समन्वय समिति सदस्य माधव भण्डारी र रेडक्रस प्यूठानका सभापति गुमानराज पुलामी रहेका छन्। आइसोलेसन सेन्टर सबैलाई पायक पर्नेगरि व्यवस्थापन गर्दैछौं, आइसोलेसन व्यवस्थापन समितिका संयोजक थापाले भने,–‘सबै स्थानीय तहका विरामीको यहाँ उपचार हुनेछ।’
प्रादेशीक सङ्कट व्यवस्थापन केन्द्रले तराईका जिल्लामा २ सय र पहाडी जिल्लामा ५० बेडको आइसोलेसन केन्द्र तयार गर्न निर्देशन दिएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए।
प्यूठानबाट भारतमा मात्रै करिब ३७ हजार मानिस रहेका छन् सुवेदीले भने,–‘दिनप्रतिदिन आउनेक्रम बढ्दो छ, र जोखिम पनि उत्तिकै मात्रामा बढेको छ।’ जिल्ला तथा मुलुक बाहिरबाट आउने जिल्लाबासीलाई स्थानीय सरकारले निर्माण गरेका क्वारेन्टाइनमा बसालिएको र स्वास्थ्य जाँचको प्रक्रियालाई पनि अगाडी बढाइएको सुवेदीको भनाई छ। स्थिति भयाभह भएमा आफ्नै घरमा पनि आइसोलेसन केन्द्र तयार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवस्यक मापदण्ड तयार गरिसकेको उनले बताए।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top