आइतवार, जेष्ठ १७, २०८३ | Sunday 31st May 2026

प्यूठानमा दुई जनामा आरडीटी पोजेटिभ


प्यूठान, २७ बैशाख । प्यूठानमा दुई जनामा आरडीटी टेष्ट गर्दा पोजेटिभ देखिएको छ । प्यूठान नगरपालिका २ स्थित सिदार्थ हलको क्वारेन्टाइनमा बसेका दुई जना पुरुषमा आरडीटी पोजेटिभ देखिएको प्यूठान नगरपालिकाका स्वास्थ्य संयोजक गोविन्द घिमिरेले बताउनुभयो ।

दुई जना पुरुषमा आरडीटी पोजेटिभ देखिएको छ, उहाँले भन्नुभयो, थप जाँचका लागि स्वाव संकलन गरेर पीसीआर गरेपछि पुष्टी हुन्छ । उहाँका अनुसार पोजेटिभ देखिएका व्यक्ति दुवै जना पुरुष हुन् । उनीहरुको उमेर २० वर्षदेखी ४५ वर्षबीचको रहेको छ ।
क्वारेन्टाइनमा बसेका उनीहरुलाई आज आरडीटी गरेर घर पठाउन लागिएको बेला रिर्पोट पोजेटिभ देखिएपछि पुनः क्वारेन्टाइनमै राखिएको छ ।
प्युठान समाचार डटकमबाट साभार ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top