
फागुन ५ । प्यार अलि खाँन
प्यूठान । ‘आधुनिक कृषि, पर्यटन, उर्जा र व्यापार, उद्यमी जनशक्ति समृद्ध प्यूठानको आधार’ भन्ने मुल नाराका साथ संचालन भैरहेको स्वर्गद्धारी प्यूठान तेस्रो महोत्सवमा रौनकता थपिदै छ । शुक्रवार र सनिवार मेलामा जनसागरनै उर्लिएको थियो । २ दिनमा करिब ३० हजार दर्शकले मेला अवलोकन गरेको महोत्सव सचिवालयले जनाएको छ ।

सनिवार चर्चित लोक तथा दोहरी गायक रामजी खाँणले प्यूठानी दर्शकलाई नचाए भने चर्चित लोक तथा दोहरी गायक राजन गुरुङ्गले आफ्नो लोकप्रिय गित सुनाएका थिए साथमा चर्चित गायिका तथा बेली डान्सर प्रिती आले, गंगा पुन लगाएतले बेजोड प्रस्तुति राखेका थिए । फुल फुलेर पहेँलै भयो, हल्का हल्का लाएकोे दामी देखिन्छ, हावा चल्यो सरर…लगाएत खाँणको गितमा दर्शकले उल्लेखनिय साथ दिएका थिए र मेलामा दर्शक सम्हाल्न सुरक्षाकर्मीलाई हम्मेहम्मे समेत परेको थियो ।

गुरुङ्गको उहि खोलीको पानी उहि खालीको माछा उर्लिआयो बैँस मेरो काजाम काजम भाछ लगाएतका गितहरुमा मेला भर्न आएका दर्शकले भरपूर्ण भनोरञ्जन लिएका थिए । यही माघ २८ देखि फागुन ८ सम्म चल्ने महोत्सवमा करिब १ लाख ५० हजार दर्शकले मेला अवलोकन गर्ने र करिब ७ करोड बराबरको कुल कारोवार गर्ने लक्ष्य लिएको महोत्सव सचिवालयले जनाएको छ । महोत्सवको सुरुसंगै खेलकुद मैदान र प्रमुख व्यापारीक केन्द्र विजुवार र बाग्दुलामा व्यापक चलहपहल बढेको छ ।
‘महोत्सवमा आकर्षण बढेको छ ।’ स्वर्गद्धारी प्यूठान तेस्रो महोत्सव मुल समारोह समितिका संयोजक ज्ञामुराम न्यौपानेले भने, ‘प्यूठानलाई दुरगामी महत्व राख्ने र उपयोगी कृषि, पशु, तथा लघु उद्यमसंग सम्वन्धित स्टलहरु राखेको छौँ ।’ माटो परिक्षण मार्फत कृषिको क्षेत्रमा नयाँ आयाम हुने न्यौपानेले बताए । आईतवार चर्चित गायिका एंव राष्ट्रि«य परिषद् सदस्य कोमल वली आउने कार्यक्रम रहेको न्यौपानेले जानकारी दिए ।
प्यूठान उद्योग वाणिज्य संघ र होटल व्यवसायी संघ प्यूठानको संयुक्त आयोजनामा कृषि, पर्यटन, उर्जा तथा औद्योगीक व्यापार मेला २०७४ संचालन भैरहेको छ । मेलामा आधुनिक कृषि उत्पादन र उपकरणको प्रर्दशनी, घरेलु तथा लघु उद्यमीद्धारा उत्पादित विविध बस्तुहरुको प्रदर्शनी, उर्जा तथा आधुनिक प्रविधिको प्रदर्शनी र पर्यटन क्षेत्रको प्रचारप्रसार एंव प्रवद्र्धन मुख्य आकर्षणमा रहेको छ ।
कमेन्ट गर्नुहोस !