आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

स्वर्गद्धारी प्यूठान तेस्रो महोत्सवको रौनकता बढ्दै


फागुन ३ । राधिका भुसाल
प्यूठान । स्वर्गद्धारी प्यूठान तेस्रो महोत्सवको रौनकता बढ्न थालेको छ । महोत्सव उद्घाटनको दोस्रो दिन मेलाभर्न आउने दर्शकहरुको उपस्थिति निरासाजनक नै देखिएको थियो । तर, त्यसको तुलनामा विस्तारै दर्शकहरु बढ्दोक्रममा रहेको आयोजकले जनाएको छ ।
आज पाचौं दिनसम्म पनि दर्शकहरुको उपस्थिति ठिक ठिकै रहेको प्यूठान उद्योग वाणिज्यसंघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक ज्ञामुराम न्यौपानेले बताए । शुक्रबार र शनिवार विदाको दिन परेको हुंदा महोत्सव अवलोकन गर्न आउने दर्शकहरुको संख्यामा बुद्धि हुने सक्ने अनुमान गरिएको उनको भनाइ छ । राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतीले गर्दा महोत्सवको साँस्कृतिक पक्षमा भने रमाइलै देखिएको छ । महोत्सव स्थलमै अहिले सम्मकै नौलो प्रस्तुति हनुमान नाँच देखेपछि दर्शकहरु छक्क परेका थिए ।


आज चर्चित गायक जीवन शर्मा, पूर्णकला विसी, दिपक गरौजा, भरत क्षेत्री, सुगना थापा र रमेशराज भट्राईको बेजोड प्रस्तुति रहेको थियो । भोली अर्थात शुक्रबार प्रजण्ड जिसी, प्रकाश सपुत, विष्णु नेपाली, सिता राना र विर्खे बा लगायतका कलाकारहरुले दर्शकलाई भरपुर मनोरञ्जन दिने छन् । त्यससंगै लोक दोहोरी, नृत्य, सोरोठी नाँच लागयतका प्रस्तुतीहरु पस्कने महोत्सव सचिवालयले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top