
२९ भाद्र । राधिका भुसाल
प्यूठान । पछिल्लो समय प्यूठान अस्ताल विजुवारमा भौतिक संरचनाहरुमा केही सुधार भएपनि गुणस्तरीय सेवा प्रदान हुन सकेको छैन । जिल्ला अस्पतालको अवस्था सुधार्न गर्न नागरिक समाजका संघसंगठनहरुले सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।
चिकित्सक विहिन प्यूठान जिल्ला अस्पतालको अवस्था सुधार गर्न जिल्ला स्थिति नागरिक समाजका संघसंगठनका प्रतिनिधिहरुले आज प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएका हुन ।
संचारकर्मी, गैससकर्मी र अधिकारकर्मीहरुको एक टोलीले जिल्ला अस्पतालको अनुगमन गरी अवस्था सुधार गर्न प्यूठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपती र प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थसंग भेट गरी ध्यानार्कषण गरिएका थिए ।
प्यूठान अस्पताल चिकित्सक विहिन भएकाले तत्काल मेडिकल सुपरिटेण्डेन र लेखापालको व्यवस्था गरी प्रशासनीक काम र मेडिकल अधिकृतहरुको व्यवस्था गरी ओपीडि सेवालाई गुणस्तरीय बनाउन ध्यानाकर्षण गराएको गैसस महासंघ प्यूठानका अध्यक्ष नेत्रमणि आचार्यले बताए ।
जिल्ला अस्पतालका बारेमा विभिन्न टिकाटिप्पणीहरु हुने भएकाले सार्वजनिक सुनुवाई गर्न सुझाव दिँदै ध्यानाकर्षण गराइएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका सचिव विजयसिंह भारतीले बताएका छन् ।
यस्तै टोलीले चार्डवाड नजिक बजार अनुगमनलाई ध्यान दिन समेत जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ ।
कमेन्ट गर्नुहोस !