
सागर थापा । माघ ६
दाङ, रुपन्देही प्रहरी र दाङ प्रहरीको विशेष टोलीले सालझझुन्डीमा ११ किलो चरेस सहित २ जना युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रोल्पा रान्कोट निवासी भागीराम घर्ती मगर र माडी गाउँपालिका निवासी चन्द्र बहादुर घर्ती रहेको छन् । उनीहरुलाई ३ दिन देखि दाङ बाट सिबिल प्रहरीहरुले ग्राहक बनेर दाङ बाट पिछा गर्दै जादा रुपन्देही प्रहरी सालझुन्डीको सम्वनिय गरेको र अहिले ईलाका प्रहरी कार्यालय सालझुन्डीमा राखेको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख डिएसपी राम प्रसाद घर्तीले जानकारी दिएका छन् ।
पक्राउ परेकाहरुलाई लागू औषध नियन्त्रण ऎन २०३३ अन्तरगत मुद्दा चलाउने डिएसपी घर्तीले बताए ।
कमेन्ट गर्नुहोस !