आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

प्रादेशिक राजधानी माग गर्दै दाङमा कडा आन्दोलन


माघ ५
दाङ । प्रादेशिक राजधानी माग गर्दै दाङमा भैरहेको आन्दोलन कडा बन्दै गईरहेको छ ।
बन्दकर्ताहरुले आज सरकारी कार्यालय समेत बन्द गराएका छन् । बन्दकर्ताहरुले घोराहीमा रहेका विभिन्न सरकारी कार्यालय बन्द गराएका हुन् । जिल्ला प्रशासन कार्यालयमा बन्दकर्ताहरुले एक घण्टा सम्म दिएको धर्नाका कारण कार्यालयका कर्मचारीहरु भित्र पस्नै पाएनन् । यसैगरि घोराही उपमहानगरपालिका कार्यालय अगाडी पनि उनिहरुले धर्ना दिएका थिए । बन्दकर्ताको धर्नाका कारण जनप्रतिनीधि तथा कर्मचारी बाहिर निस्कीएका थिए । यसैगरि जिल्ला जिल्ला अदालत,हुलाक,विद्युत लगाएत घोराहीमा रहेका सबै सरकारी कार्यालयको कामकाज समेत रोकिदिएका छन् । आन्दोलन प्रति समर्थन जनाउँदै कार्यालयका कर्मचारीहरु पनि केहिवेर आन्दोलनमा सहभागी भएका थिए । तेस्रो दिनको आन्दोलनमा स्थानीय तहका जनप्रतिनीधिहरु पनि सहभागी भएका छन् । उनिहरु आन्दोलनमा संगसंगै हिँडेका थिए ।
बन्दका कारण जिल्लामा यातायात, बजार, शिक्षण,संस्था प्रर्ण रुपमा बन्द छ ।

दाङबाट देवेन्द्र बस्नेतको सहयोगमा

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top