शुक्रबार, बैशाख ४, २०८३ | Friday 17th April 2026

विमा कम्पनीहरुको भिडमा अलग्गै पहिचान देखाउने छौं


विभिन्न विमा कम्पनीहरुको भिडमा नेपालको सवै भन्दा कान्छो प्रभु जीवन विमा कम्पनीले प्यूठानमा आफ्नो सेवा विस्तार गर्दै छ । फागुन पहिलो सता देखि विजुवारबाट सेवा प्रवाहमा जुटन् थालेको सो कम्पनीले आफ्नो उदेश् बारे फ्रट्याउन मंगलबार कम्पनीका अध्यक्ष डा. आत्मराम घिमिरेको नेतृत्वमा आएको टोलीले विभिन्न क्षेत्र सम्बन्धित व्यक्तिसंग अन्तरक्रिया समेत सम्पन्न गरेको थियो । यहि सेरोफेरोमा हामीले कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृति किशोर प्रसाद लामिछानेसंग संक्षिप्त कुराकानी गरेका थियो प्रस्तुत छ राधिका भुसालले गरेको कुराकानी । 

तपाइको विचारमा विमा के हो ?
जीवन विमा र निर्जीवन गरी विमा दुइ प्रकारको हुन्छ । वास्तवमा जीवन विमा भनेको जो कोही व्यक्तिले किस्ताबन्दीमा निश्चित समयमा निश्चित रकम भुक्तानी गरेर पछि विमितले त्यो रकम फिर्ता पाउने गर्छ । मानिसको जीवनमा आउने विभिन्न जोखिम, मृत्युको जोखिमलाई आर्थिक रुपमा कम गर्नको लागि एउटा टुल्सको रुपमा जीवन विमालाई लिने गरिन्छ ।
विभिन्न बिमा कम्पनीहरुको भिडमा प्रभु विमा आएको देखिन्छ यस प्रभु विमाको खास उदेश्य के हो त ?
हो नेपालमा हाल १८ वटा विमा कम्पनीहरुले काम गरिरहेका छन् त्यस मध्येको कान्छो विमा कम्पनी हो प्रभु । विशुद्ध व्यवसायिक संगठनको रुपमा आएको हुनाले व्यवसायको साथ साथै सामाजिक, आर्थिक रुपमा कार्य गर्दै समाजमा पूँजी विकास गर्ने हो र हामीले सोही अनुरुप कार्य गर्दै आएका पनि छौं । एउटा व्यक्तिले मात्रै जम्मा गरेको पैसा थोरै हुनसक्छ र त्यसलाई निर्माण क्षेत्रमा लगानी गर्न पनि अपुग हुन्छ तर हजारौं व्यक्तिको पुजी संकलन गरी कम्पनीले राष्द्रको विकास निर्माण कार्यमा लगानी गर्छन भने समग्र विकास हुन्छ यसैमा नै प्रभु विमा लागि परेको छ ।
प्रभु जीवन विमा कम्पनीका आक्रर्षण पक्षहरु के के हुन ?
हाम्रो कम्पनीको मुख्य आक्रर्षण पक्ष भनेको नेपालमा रहेका अन्य विमा कम्पनीमा भन्दा कम उमेरका युवा जनशक्तिको व्यवस्थापन प्रभु लाइफ मै छ । र, त्यस पछि हामीले अरुभन्दा फरक खालका विमा योजनाहरु जुन अरु कम्पनी भन्दा प्रभु लाइफको श्रीवृती विमा योजना, बाल बालिकाको जीवन उन्नती विमा योजना र म्यादी विमा योजना अरु कम्पनी भन्दा भिन्न रुपले हामीले हाम्रो कम्पनीका उत्पादनहरु बजार लिएर आएका छौं । यसले जनमानसलाई विस्तारै आकर्षण गर्दै सम्भावित विमित ग्राहकहरुको लागि आक्रर्षण पैदा गरेको छ । हामीले जहाँसुकै शाखा कार्यालय स्थापना गरेपनि अहिले सम्मको नयाँ कम्पनीको एउटा समस्या विमितहरुले दुख्ख पाउनु पर्ने वा कतिपय कुरा केन्द्रिकृत हुने र क्षेत्रगत रुपमा आएर हामीले सबैलाई चिनेर स्थानीय तहहरु जहाँबाट हामीले बेजस लिन्छौं त्यहाँ नै सम्पूर्ण सर्भिस सेवा प्रदान गर्ने हाम्रो उदेश्य हो । अहिलेको अत्याधुनिक प्रविधि आइ सोलुसन भन्ने आइटीको प्रविधि अंगालेका छौं । कम्पनीका कर्मचारीलाई पनि एक नम्बरको तालिम गराएर, विमा सम्बन्धी जनचेतना जगाएर, विमा सम्बन्धि शिक्षा पढाएर मात्रै हामीले कर्मचारीहरु परिचालन गरेका छौं । सबै भन्दा सुन्दर पक्ष के छ भने हामी अनुभवलाई भन्दा पनि बेरोजगार एवं स्थानिय स्तरकै नयाँ युवाशक्तिलाई प्रथामिकतामा राखेर कर्मचारी छनौट गर्दै आएका छौं । हाम्रो भूमिकाले छोटो अवधीमा सर्वाधिक लोकप्रियता हासिल गर्न सफल भएको छ ।
तपाईको विमा कम्पनीको कार्य क्षेत्र विस्तारको अवस्था कस्तो छ ?
यसको केन्द्रीय कार्यालय काठमाण्डौंको कमलादीमा छ । सात प्रदेशमा ७ वटा प्रादेशिक कार्यालयहरु स्थापना गर्ने चरणमा रहेका छौं । अहिलेसम्म हामीले ७२ वटा शाखा, उपशाखा मार्फत सेवा दिइरहेका छौं । हाम्रो योजना भनेको आगामी १० वर्षमा प्रत्येक नगरपालिकाहरुमा शाखा उपशाखा वा सम्पर्क कार्यालय स्थापना गरेर स्थानीय तहबाटै सेवा दिने उदेश्य हो । अहिले हामी करिब ६० वटा जिल्लामा पुगेका छौं र आगामी लक्ष्यचाँही ७७ वटै जिल्लामा पु¥याउने हो ।
प्यूठान शाखा विस्तार गर्दै गर्दा आवश्यकता अनुसार कभरेज पनि वृद्धि नै होला तर अब प्यूठानमा कसरी स्थापित हुने साेंच गराउनु भएको छ ?
हामीले तत्काल एग्रेसीपमा जाने भन्दा पनि यहाँ आएर आर्थिक गतिविधिहरुलाई नियाली रहेका छौं । यहाँ फाइनान्स बैंक, वित्तिय संस्थाहरु पनि थुप्रै देख्यौं । आर्थिक रुपमा प्यूठान जिल्ला सधै उर्वर भूमि नै हो । खाद्यान्न, व्यवसाय वा अन्य दृष्टिकोणले पनि प्यूठान जिल्ला उर्वर भुमि नै हो तर, जिल्लामा केन्द्रीकृत नभई ठाउँ ठाउँमा छरिएर रहेका बस्तीहरु भएकाले केही समय लाग्छ । हामीले स्थानिय स्तरमै रोजगारी सृजन गर्ने हिसाबले यहाँका भाइबहिनीहरुलाई अभिकर्ता बनाएर, गाउँ गाउँमा परिचालित गरेर, जनतालाई विमा शिक्षा दिएर जीवन विमा के हो ? किन गर्नु पर्दा रहेछ ? न की फोर्सको रुपमा एउटा विमा गरिदिनुस् मेरालागि भन्ने वा भविष्यमा यो हुन्छ त्यो हुन्छ भन्नु भन्दा पनि विमा के हो ?, विमाको आवश्यकता किन पर्छ र विमा किन गर्नुपर्छ ? भन्ने कुरालाई शिक्षाकै रुपमा अघि बढाएर, जनचेतना फैलाएर व्यवसाय विस्तार गर्ने योजना रहेको छ ।

कतिपय विमा कम्पनीहरुले ठगी धन्दा गरेको सन्दर्भमा तपाइको विमा कम्पनीको विश्वसनियताका आधारहरु के के हुन ?
एउटा कुरा के वुझ्नुपछ्र्र हामीले नेपाल सरकारको स्वीकृति लिएर एउटा ऐनभित्र आवद्ध भएका सवै संस्थाहरुm एउटै हुन् । जीवन विमा संवन्धमा मेरा प्रतिस्पर्धी कम्पनीहरmको कुरा गरिरहँदा, अझ मेरा समकालीन कम्पनीका कुरा गरीरहँदा सम्पुर्ण सबै एउटै हुन् ।
तर हामीले यसमा कर्मचारी छनोट गर्ने शिलशिलामा यो कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ । हामीले पद्धति पनि यसरी विकास गरेका छैनौ । ग्राकहरुले बैकंबाट सिधै विमा रकम भुक्तानी गर्न मिल्छ । ग्राहकहरु कार्यालयको काउन्टरसम्म पुगिरहनु पर्दैन । केन्द्रिय कार्यालयमा रहेर शाखा उपशाखाहरुका प्रत्येक गतिविधिहरु दैनिक रुपमा नियालिरहेका हुन्छौं । तीन महिनामा अनुगमन गर्छौ । जसले गर्दा पारदर्शिताको पाटो बलियो छ । विमितले खाइनखाई छाक कटाएर दुख गरेर सुन्दर भविश्यको लागि जम्मा गरेको रकम हामीले दरुपयोग हुन दिदैंनौं ।

विमा शिक्षाको अभाव देखिन्छ यसवारे के भन्न चाहानु हुन्छ ?
प्युठान जिल्लाको मात्र नभएर देशकै कुरा गर्नुपर्दा शिक्षित एवं भद्र भलादमीहरुको विमाको विषयमा गलत धारणा रहेको पाइन्छ , गर्न सजिलो छ तर त्यसबाट सुविधा लिन गाह्रो छ । एजेन्टहरुले कमिसन पाउँदा मात्र काम गर्छन भन्ने गलत धारणा छ । अर्को मुख्य समस्या अभिकर्ताहरुले विमा शुल्कको पैसा खाएर भागिदिने वा विचलित पारिदिने छ । यस्ता विकृति समाधान गर्न विभिन्न माध्यमबाट र हाम्रो कर्मचारीहरुबाट जनचेतना फैलाई स्पष्ट धारणाको विकास गर्ने हो । मैले विमा कम्पनीमा काम गरेको २० वर्ष भैसक्यो र म आफै विमा शिक्षाको प्राध्यापक पनि हो । हामीले तत्काल व्यवसाय गर्ने भन्दा पनि दिर्घकालिन रुपमा व्यवसाय गर्ने हाम्रो सोचाई छ ।
प्युठानमा पनि आउदै हुनुहुन्छ ? कस्तो खालको सहयोगको अपेक्षा राख्नु भएको छ ?
सुरुमा हामी व्यवसाय गर्ने एउटा संस्था भएकाले हामीले गर्ने गतिविधिमै निर्भर रहन्छ ,। हामीले केही गरेर देखाएर मात्रै हामी सहयोगको अपेक्षा राख्छौं । हजुरहरु जस्तो वृद्धिजिवी , समाजसेवी , व्यक्तिहरुले एउटा व्यवसायको मात्रै व्रान्डिङ गर्दिनुस भन्दिन । यो व्यवसाय राम्रो हो भने लाभ सबैले पाउछन् । समग्रमा पाउने फाइदा एउटा व्यक्ति विशेषले पाउनेभन्दा धेरै ठुलो हुन्छ । हाम्रो गलत काम यदि भइहाल्यो भने हामीलाई खबरदारी होस् भन्ने अपेक्षा गरेका छौं ।
अन्यमा केही भन्न छुटाएको भए,
विमा कम्पनीहरुको भिडमा एउटा नयां विमा कम्पनी थपिएको छ भन्नु भन्दापनि यो भिडमा अलग्गै पहिचान देखिने देखिने गरी पहिचानको रुपमा स्थापित हुने योजना छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top