
प्यूठान , जिल्लामा पहिलो पटक वडास्तरबाट १ लाख पुरुस्कार राशिको जिल्ला स्तरिय भलिबल प्रतियोगिता संचालन गरिएको छ ।
प्यूठान नगरपालिका – ३ नम्बर वडा कार्यालयको आयोजनामा जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता (विजय पथ कप )शुक्रवार देखि गणतान्त्रिक खेल मैदान बिजुवारमा सन्चालन भएको हो ।
युवापुस्तामा खेलकुदप्रती उत्साह ल्याउन स्थानीय स्तरमा लुकेका प्रतिभाको प्रस्फुटन ,नया प्रतिभाको बिकास गर्दै समग्र जिल्लाको खेल क्षेत्रको बिकासमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको वडा अध्यक्ष सुमनराज श्रेष्ठले बताए ।
प्रतियोगितामा १० टिमले सहभागिता जनाएका छन । प्रतियोगिताको उद्घाटन प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर योगीले गरेका हुन् ।
प्रतियोगिताको विजेताले एक लाख, उप विजेताले ५० हजार रुपिँया पुरुस्कार पाउनेछन । त्यसैगरी सेमिफाइनलमा पराजित हुने दुई टोलीले १५ ,१५ हजार रुपैया पुरस्कार पाउने आयोजकले जनाएको छ ।
कमेन्ट गर्नुहोस !