आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

बिजुवारमा भएको महायज्ञको आय, ब्यय सार्बजनिक  ,११  लाख बचत


 

प्रकाश बैद्य

प्युठान ,राममन्दिर निर्माण गर्ने मुख्य उद्धेश्यका साथ गत महिना  बिजुवारमा सन्चालन भएको महायज्ञबाट ३३ लाख ९२ हजार ९सय सात रुपैया आम्दानी भएको छ ।

शालिग्राम पन्डितको अध्यक्षतामा आज कालिका बिकास केन्द्र बिजुवारमा एक कार्यक्रमका बिच महायज्ञ सचिवालयले महायज्ञको आम्दानी तथा खर्च विवरण सार्बजनिक गरेको हो । असोज १ गते देखि २५ गते सम्म बिजुवारमा भएको रामकथा तथा गरुडपुराण महायज्ञको सचिवालयले तयार पारेको प्रतिवेदन प्रस्तुत गर्दै नेपाल रेडक्रस सोसाइटि प्युठानका सभापती गुमानराज पुलामिले महायज्ञ बाट कुल आम्दानी ३३ लाख ९२ हजार ९ सय ७ , कुल खर्च २३ लाख ५७ हजार ३२ गरि १० लाख ३५ हजार ८ सय ७५  बचत भएको तथा १ लाख ११ हजार १ सय ११ रुपैया प्रतिबद्धता रकम उठ्न बाकी रहेकाले सो थप गर्दा ११ लाख ४६ हजार ९ सय ८६  को बचत विवरण सार्बजनिक गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्युठान नगरपालिका वडा न ४ का अध्यक्ष रेशम कार्किले महायज्ञको आयब्यय समयमा सार्बजनिक हुनु सकारात्मक कार्य भएको भन्दै राम्मन्दिरका लागि सार्बजनिक जग्ग्गा छुट्टाउने लगायतका काममा वडाका तर्फबाट महत्त्वपूर्ण भुमिका खेलेको बताउदै जिल्लाकै महत्वको योजनाको रुपमा लिइ सबै तह र तप्काबाट निर्माण मन्दिर  अभियानलाई  सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

विभिन्न संघ सस्था,नागरिक समाज ,लोक भजन समिती ,जेष्ठ नागरिक मंच ,धार्मिक आस्था राख्ने विभिन्न ब्यक्ती तथा संघ सस्थाका प्रतिनिधिहरु सहभागिता रहेको भेलाले शालिग्राम पण्डितको अध्यक्षतामा १५ सदस्यीय राममन्दिर निर्माण समिति गठन गरेको छ । समितिको उपाध्यक्ष गुमानराज पुलामी,सचिब राजेन्द्र श्रेष्ठ ,कोषाध्यक्ष मोहनलाल पौडेल रहेका  छन् भने सदस्यहरुमा गेहराज शर्मा पण्डित ,अर्जुन कुमार कक्षपती,रेशम कार्की,देबराज गौतम ,जगन्नाथ रिजाल लगायतका रहेको नबगठित समिती उपाध्यक्ष गुमानराज  पुलामीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top