बुधबार, चैत्र ४, २०८२ | Wednesday 18th March 2026

एमालेबाट समानुपातिक तर्फका प्रतिनिधि सभा सदस्य फाइनल


काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक बन्दसूचीबाट सिफारिस गरेका नामावलीलाई निर्वाचन आयोगको सफ्टवेयरले स्वीकृत गरेको छ । शनिबारको सचिवालय बैठकबाट पारित भएका नामलाई केन्द्रीय कार्यालयबाट निर्वाचन आयोगको सफ्टवेयरमा अपलोड गरिँदा नतिजामा ‘ओके’ आएको केन्द्रीय कार्यालयस्रोतले जनाएको छ ।
तर, निर्वाचन आयोगमा ती नामहरुको ‘हार्डकपी’ पनि चाहिने कारण निर्वाचन कामको संयोजन गर्ने रमेश बडाल नेतृत्वको टोली भर्खरै कान्तिपथस्थित आयोग कार्यालय जाँदैछ । शनिबार पारित भएका नाममा अध्यक्ष केपी शर्मा ओलीले आज बिहान मात्रै हस्ताक्षर गरेका थिए । उक्त हस्ताक्षरको कपी पार्टी कार्यालयमा दिउँसो १२ बजे पुगेको थियो ।
एमालेले शनिबार सचिवालय बैठक गरेर निर्वाचनपूर्व आयोगमा बुझाएको समानुपातिक बन्दसूचीभित्रका १६ नाम छनौट गरेको थियो । पार्टी उपाध्यक्ष रामबहादुर थापा, पूर्वउपाध्यक्ष गुरु बराल, केन्द्रीय लेखा परीक्षण आयोगका अध्यक्ष डा.पुष्पराज कँडेल, पार्टीकी सचिव पद्मा अर्याल, केन्द्रीय सदस्य तथा अनेमसंघकी अध्यक्ष टुकाभद्र हमाल, केन्द्रीय सदस्य विष्णुमाया विक, मधेश प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डलसहितका नामहरु छनौट गरेको थियो ।
एमालेले भूमिका लिम्बु सुब्बा, गंगादेवी श्रेष्ठ, कुलभक्त शाक्य, यशुदाकुमारी बराल, कृपाराम राना थारु, नीता घतानी, रिङ्ला यादव, यशोधाकुमारी यादव र साजिदा सिद्दीकीको नाम टुंगो लगाएको थियो।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top