बुधबार, फाल्गुन ६, २०८२ | Wednesday 18th February 2026

मुक्ति माबिको ७४औ बार्षिक उत्सब तथा अभिभावक दिवस 


प्रकाश बैद्य

प्युठान ,जिल्लाको  शैक्षिक उन्नयनमा महत्वपूर्ण भुमिका खेल्दै आएको   मुक्ति मा.बि  रातामाटाको ७४औ बार्षिक उत्सब तथा अभिभावक दिवस समारोह आज मंगलबार सम्पन्न भएको छ ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सुन्दरा के सि को अध्यक्षता तथा  प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर योगिको प्रमुख आतिथ्यतामा भएको बिद्यालयको बार्षिकोत्सबको समारोहमा  बिद्यालयका पुर्ब अध्यक्षहरु,पुर्ब प्रधानाध्यापकहरु,अभिभाबक संघका अध्यक्षहरु ,बिद्यालय ब्यबस्थापन समितिका पदधिकारीहरु ,पुर्ब  विद्यार्थीहरु,विभिन्न संघ संघ सस्था तथा निकायका प्रतिनिधिहरु,जनप्रतिनिधिहरु ,अक्षकोषदाता चन्दादाता ,अभिभावक तथा

विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

 

 

 

शिक्षाप्रेमी प्रतिमान चन्द र जग्गादाता गिर बहादुर खड्काको शालिकमा माल्यार्पण गरि सुरु गरिएको कार्यक्रममा स्वागत शिक्षक बिन्दु बिष्टले गर्नुभएको थियो भने बिद्यालयका प्रधानाध्यापक दामोदर बिष्टले आर्थिक तथा प्रगती प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

बि.स २००८ सालमा स्थापना भै जिल्लाको शैक्षिक अभियानलाइ गतिशील ढंगले अघि बढाउन भुमिका खेलेको सो  बिद्यालयमा हाल २०८२ को भर्ना विवरण अनुसार कक्षा १ देखि ५ सम्म १९७ जना ,६ देखि ८ सम्म १८५जना ,९ र १० मा १७३ जना ,कक्षा ११ मा ३९८ जना र कक्षा १२ मा २८८ जना गरि जम्मा १ हजार २ सय ४१ जना बिध्यार्थीले अध्ययन गरिरहेको  प्रधानाध्यापक बिष्टले जानकारी गराउनु भएको थियो ।

 

 

बिज्ञान ,ब्यबस्थापन ,शिक्षा तथा प्राबिधिक धार तर्फ सिभिल इन्जिनियरिङ समेत पढाइ संचालन गरेको बिद्यालयले  बिद्यालयलाइ जिल्लाको उत्कृष्ट शैक्षिक केन्द्रको रुपमा स्थापित गर्ने दुरदृस्टीका साथ अघि बढेको समेत प्रधानाध्यापक बिष्टले बताउनु भयो ।

कार्यक्रममा पुर्ब प्रधानाध्यापकहरु ,नगरका विभिन्न बिद्यालयका प्रधानाध्यापकहरु,बिध्यार्थी ,अक्षकोषदाता लगायतले बिद्यालयको प्रगतिको कामना गर्दै शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न बिधाहरुमा बिध्यार्थीहरुलाइ  सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

 

 

 

 

उत्साह तथा सक्रिय रुपमा सहभागी विद्यार्थीहरुले कार्यक्रममा गित तथा निर्त्य प्रस्तुत गरेका थिए । सन्चालन सहायक प्रधानाध्यापक दिनेश चन्द्र सुबेदिले गर्नुभएको थियो ।

बिद्यालयले प्युठान नगरपालिकस्को सहयोगमा अभिभावक बिहिन बालबालिकाका लागि कक्षा १ देखि १२ सम्म अध्ययनका लागि निशुल्क आवासिय सुबिधा सहित पठनपाठनको ब्यबस्था गरेको छ भने शैक्षिक सत्र २०८२ देखि कक्षा ११ मा कम्प्युटर बिज्ञान बिषयको समेत पढाइ संचालन गरेको छ ।

 

 

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top