बुधबार, चैत्र ४, २०८२ | Wednesday 18th March 2026

रास्वपाले समानुपातिकका ५७ सांसदको नाम टुंग्यायो


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ । भर्खरै बसेको सचिवालय बैठकले ४८ जना महिला र ९ पुरुष गरी ५७ जनाको नाम आयोगमा पठाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
आयोगमा पठाइएको नाम प्रस्तावित मात्र भएको भन्दै उनले उक्त नाम आयोगबाट रुजु नभएसम्म सार्वजनिक नगर्ने बताए । ‘तोकिएको समयभित्र ५७ जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय भएको छ । रुजुपछि आयोगले नै सार्वजनिक गर्नेछ । आयोगले नाम रुजु नगरेसम्म प्रस्तावित मात्र मान्न सकिने भएकाले अहिले सार्वजनिक हुँदैन’, झाले भने । झाले क्लस्टस्टर अनुसार खस आर्यतर्फ १७, जनजातिबाट १६, दलित ८, मुस्लिम ३, मधेशी ९ र थारु ४ जनाको नाम पठाइएको बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top