
काठमाडौँ — निर्वाचन आयोगले समानुपातिक सांसदहरूलाई चैत ५ गते निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने जनाएको छ । आयोगले सोमबार समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ६ दलका ११० जनाको नाम सार्वजनिक गरेको छ । प्रमाण पत्र लिनु पूर्व समानुपातिक निर्वाचन प्रणालीबाट सांसद भएकाहरूले सक्कल नागरिकताको प्रमाणपत्ररराष्ट्रिय परिचयपत्र र २ प्रति पासपोर्ट साइजको फोटो २०८२ चैत ३ गते आयोगमा बुझाउनुपर्ने बताएको छ ।
११० सदस्यीय समानुपातिक सांसदमा रास्वपाले ५७, कांग्रेसले २०, एमालेले १६, नेकपाले ९, श्रम संस्कृति पार्टीले ४ र राप्रपाले ४ सिट जितेको छ ।
कमेन्ट गर्नुहोस !