शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

प्रधानमन्त्री प्रचण्डले भोलि ११ बजे विश्वासको मत लिने


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि विश्वासको मत लिने भएका छन् । भोलि बिहान ११ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने भएका हुन् ।

संघीय संसद् सचिवालयका अनुसार भोलिको संसद् बैठकमा प्रचण्डले विश्वासको मत लिने कार्यसूची छ । प्रतिनिधसभा निर्वाचनमा कुनै पनि एक दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२)अनुसार मिलीजुली सरकार बनाउन आग्रह गरेकी थिइन् । प्रचण्ड १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

एमालेका ७८,माओवादी केन्द्रका ३२,रास्वपाका २०,राप्रपाका १४,जसपाका १२,जनमत पार्टीका ६,नागरिक उन्मुक्ति पार्टीका ४ र स्वतन्त्र ३ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन्।

प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top