राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको राजनीतिक संस्कृतिले संघीयतालाई बचाउन नसकिने बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘हामी विशुद्ध सत्तामा कसरी जाने ? जुनसुकै मूल्य चुकाएर भए पनि त्यही छ । चुनाव लडिसक्नु, गइनसक्नु भइसकेछ । यो कसका कारणले, यो अरुले थुपारेको हो ? राजनीति पार्टीहरुप्रति, नेता, सांसद, मन्त्रीहरुप्रति जनताको आस्था छैन । पार्टीका कार्यकर्तालाई यही संस्कृति सिकाइराख्नुभने हामीले देश जोगाउन सक्दैनौं । संघीयता जोगिनै सक्दैन ।’
अध्यक्ष केसीले देशमा उद्योग कलकारखाना खोल्नुन पर्ने ठाउँमा भएका कारखानाहरुलाई पनि निजीकरण गर्दा समस्या उत्पन्न भइरहेको बताए । उनले अहिले देशमा मन्त्री, सांसद बन्ने कारखाना खोल्ने काम भइरहेको बताए ।
उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि धेरैले पानी खाँदै वकालत गरेको मैले सुनेको थिएँ, देश स्वीजरल्याण्ड बन्छ, भयो त त्यस्तो ? देशमा उद्योग कलकारखाना खोल्नुनपर्ने, भएका सार्वजनिक कलकारखाना निजीकरण गर्ने, व्यक्तिलाई दिने, कारखाना यो संघीय प्रणाली अनुसार खोलेको केको लागि भन्दा मन्त्री बन्नका लागि।’
उनले अहिले पनि देश बेवारिसे भएको भन्दै राजनीतिक दलहरु सत्तामा कसरी जाने ? र जुनसुकै मूल्य चुकाएर भए पनि सरकारमा जानैपर्ने स्थिति विकराल बन्दै गएको बताए । उनले निर्वाचन लडि नसक्नु रहेको भन्दै यो अवस्था अहिलेका राजनीतिक दलहरुले थुपारेको बताए ।
उनले राजनीति पार्टीहरुप्रति, नेता, सांसद, मन्त्रीहरुप्रति जनताको आस्था नरहेको बताए। उनले भने, ‘सांसद हुन, देशमा मन्त्रीको संख्या बढी भयोभने सांसदको संख्या बढी भयो भने त्यो देशको अर्थतन्त्रले धान्छ । कुन प्रधानमन्त्रीले, कुन अर्थमन्त्रीले देशमा भ्रष्टाचार अन्त्य गर्नुहुन्न त्यसलाई बढाउनुपर्छ भनेर कसले भनेको छ ? तर वास्तवमा व्यवहारमा के छ ?अहिले पनि देश बेवारिसे नै छ ।’
अध्यक्ष केसीले न्यायलयदेखि सबै क्षेत्रमा राजनीति हाबी भएको भन्दै सबैकुरा नसुध्रिएसम्म देशको विकास गर्न नसकिने बताए। उनले नेपालमा घुस खानु र भ्रष्टाचार गर्नु नैतिक अधिकार जस्तो भएको बताए ।
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 5609
कमेन्ट गर्नुहोस !