बुधबार, माघ २९, २०८२ | Wednesday 11th February 2026

नेपालमा नानो युरिया मलको बिक्री सुरु


unn.prixa.net

नेपालमा नानो युरिया मलको बिक्री सुरु भएको छ । नानो युरिया मललाई नेपालमा चौधरी ग्रुप अन्तर्गत रहेको सीजी एग्रोले बिक्री सुरु गरेको हो ।


आज आइतवार एक कार्यक्रमका बीच भारतका पूर्व केन्द्रीय रेल्वेमन्त्री सुरेश प्रभु र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले संयुक्तरूपमा नानो युरिया मल नेपालमा बिक्री सुरु भएको घोषणा गर्नुभयो । इन्डियन फार्मर फर्टिलाइजर को–अपरेटिभ लिमिटेड इन्डियाले उत्पादन गरेको मललाई ‘सिजी–आइएफएफसिओ’ नाम दिइएको छ । याे मल तरल अन्नबाली, दाल, तरकारी, चिया, उखु, फलफूललगायतमा छर्कन सकिने जनाइएको छ ।

कार्यक्रममा बोल्दै चौधरी ग्रुपका प्रबन्ध निर्देशक चौधरीले नेपालमा युरिया मलको अभावलाई परिपूर्ति गर्नका लागि नानो युरिया मल भित्र्याइएको बताउनुभयो । यसले बिरुवाको वृद्धिका लागि आवश्यक पर्ने पोषक तत्त्व नाइट्रोजन प्रदान गर्ने जनाइएको छ ।

एक लिटर सफा पानीमा दुई देखि चार मिलिलिटर नानो युरिया झोल मल मिसाएर बालीको पातमा छर्कन सकिने कम्पनीले जनाएको छ । बाली लगाएको ३० देखि ३५ दिनपछि र फूल फुल्ने एक हप्ताअघि दुई पटक छर्किनुपर्ने बताइएको छ ।

अन्तिम अपडेट: कात्तिक २७, २०७९

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top