शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

स्थापना दिवसको अवसरमा मानव सेवा



जगत खनाल
दाङ,आश्विन १६ गते । अखिल नेपाल शिक्षक संघले आफ्नो ३६ औं स्थापना दिवस मनाएको छ । केन्द्रीय समिति , प्रदेश , जिल्ला र स्थानीय तहहरुले आ-आफ्नो अनुकूलता र सृजनात्मकतामा आधारित रहेर देशैभर स्थापना दिवस मनाएको सो संघले जनाएको छ ।
यसरी स्थापना दिवस मनाउने क्रममा अखिल नेपाल शिक्षक संघ दाङले पृथक र सृजनात्मक कार्यक्रम गरेको हो । सो संघले राप्ती गाउँपालिका वडा नम्बर ८, पिपरीमा रहेको नीलसागर सेवा आश्रममा पुगेर त्यहाँ रहेका असहाय , अशक्तहरुलाई फलफूल वितरण गरेको छ । संघका केन्द्रीय सदस्य भानु जीएम,दाङ जिल्ला अध्यक्ष रुमाल बसेल,सचिव ठाकुर खनाल,कोषाध्यक्ष रामकृष्ण पौडेल एवं सदस्यहरु माधव वेल्वासे,वसन्तराज भट्टराई ,मिलन पोख्रेल ,निराजन पोख्रेल र गोविन्द पन्थी सहितको टोली सेवा आश्रममै पुगेर फलफूल वितरण गरिएको दाङ जिल्ला अध्यक्ष रुमाल बसेलले जानकारी गराएका थिए ।
केन्द्रीय सदस्य भानु जीएमले आफ्नो संगठनको स्थापना दिवसको अवसरमा थोरै भए पनि मानव सेवा होस् भन्ने उद्देश्यले नीलसागर सेवा आश्रममा पुगेर फलफूल वितरण गरिएको र यसप्रकारको सेवामुखी कार्यक्रम आगामी दिनमा पनि निरन्तर गरिने जानकारी गराएका छन । स्मरण रहोस् उक्त आश्रममा सडकमा अलपत्र अवस्थामा रहेका व्यक्तिहरुलाई उद्वार गरेर आश्रय दिने गरिएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top