शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

स्वास्थ्य सेवाको पहूचमा आम नागरिक



गिरिराज नेपाली
दाङ – शहरी विकास मन्त्री मेटमणि चौधरीले स्वास्थ्य सेवा अभावका कारण अब अकालमा कसैले पनि ज्यान फाल्न नपर्ने बताएका छन् । देउखुरी निसराउ समूहले गढवामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री चौधरीले यस्तो बताएका थिए ।

मन्त्री चौधरीले स्तरीय जनशक्ति, आवश्यक उपकरण र पूर्वाधार निर्माण तथा व्यवस्थापनसँगै नागरिकको स्वास्थ्य उपचार सेवा फेरिदै गइरहेको उनको भनाई थियो । ।नागरिक स्वास्थ्य प्रति सरकारले आफ्नो जिम्मेवार बोध गर्दै एक वडा एक सामुुदायिक स्वास्थ्य संस्था निर्माण तथा संञ्चालन गरी हरेक शहरदेखि गाउँसम्मको स्वास्थ्यवस्थालाई मजबुत बनाउदै लगिरहेको विश्वास व्यक्त गरे । जसले नागरिकलाई स्तरीय आधारभुत स्वास्थ्य सेवाको पहँुच स्थापित गरेको विश्वास व्यक्त गर्नुुभयो । उहाँले भन्नुभयो–‘ अब औषधी उपचार नपाएर ज्यान फाल्नुपर्ने अवस्था नागरिकहरुको छैन ।’
मन्त्री चौधरीले नागरिक स्वास्थ्य अवस्थाका लागि आवश्यक पर्ने पहिलो आधारभूत आवश्यकता नै पूर्वाधार रहेकाले स्वास्थ्य सेवा क्षेत्रका लागि सरकारले आवश्यक पर्ने पूबधार निर्माणलाई प्राथमिक्ताका साथ निर्माण गर्दै पूर्वाधार विकासमा अग्रसर बनिरहेको उनी बताउछन् ।


उक्त अवसरमा मन्त्री चौधरीले सत्ता गठबन्धनको वर्तमान सरकारले नागरिक अधिकार, अवस्था मात्र नभई मुलुकको विकास र भविष्य निर्माणमा समेत अग्रसर बन्दै गइरहेकाले आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा समेत गठबन्धनका साझा उम्मेद्वारका जिताउन अपिल गरे । मुलुकको भविष्य निर्माण र जनताको अधिकार जोगाउन प्रतिगमनका बिरुद्धमा गठबन्धन उभिएकाले अब अ मुलुकको भविष्य सत्ता गठबन्धन आवश्यक देखिएको उनको भनाई थियो ।

शिविर उद्घाटनका विशिष्ट अतिथि लुम्विनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजीत थारुले स्वास्थ्य सेवा हरेक नागरिकको पहूचमा हुनुुपर्ने त्यसका लागि सरकारले आवश्यक योजना सहितको संरचना, जनशक्ति र आवश्यक उपकरण व्यवस्थापन सँगै अघि बढेको बताए । उनले लुम्विनी प्रदेश सरकारले स्वास्थ्य सेवाको क्षेत्रमा निकै प्रशनिय काम गर्दै आइरहेकाले अब प्रदेशवासी उपचार अभाव व्यहोर्नुु नपर्ने प्रतिबद्धता व्यक्त गरे ।

देउखुरी निसराउ समूहका अध्यक्ष शिव चौधरीको अध्यक्षतमा भएको कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनाराण शर्मा पोख्रेल लगायतका मन्तव्य राखेका थिए । शिविरमा करिव १ हजार ९ सय ४० जना लाभान्वित भएका छन् ।

देउखुरी निसराउ समूहका अध्यक्ष शिव चौधरीको अध्यक्षतमा भएको कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनाराण शर्मा पोख्रेल लगायतका मन्तव्य राखेका थिए । शिविरमा करिव १ हजार ९ सय ४० जना लाभान्वित भएका छन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top