शुक्रबार, बैशाख ४, २०८३ | Friday 17th April 2026

अहिले बैंकहरुको लगानी योग्य रकमको अभाव छ


अहिले बजारमा बैंकहरुले भने जति र भनेको समयमा कर्जा दिएनन् भन्ने जन गुनासो यदाकदा सुनिन्छ भने पछिल्लो समयमा जिल्लाका ठाउँ ठाउँमा बिकास बैंक र कमर्शियल बैंकका शाखाहरु धमाधम खोली बैंकहरुले जनतालाई सेवा दिईरहेको सन्दर्भमा अहिले देखिएको लगानी योग्य रकमको अभाव, लगानी योग्य रकमको अभाव हुनुका कारण तथा बैंकिङ्ग गतिविधि लगायतका विषयमा प्यूठानीहरुको शेयर लगानिमा खुलेको साबिकको गौमुखि बिकास बैंक लि. प्यूठान र बुटवलमा केन्द्रिय कार्यालय रहेको शाइन रेसुङ्गा डेलभपमेण्ट बैंक एक आपसमा मर्ज भई शाइन रेसुङ्गा डेलभपमेण्ट बैंक लि. को नामबाट संचालन हुदै आएको शाइन रेसुङ्गा डेलभपमेण्ट बैंक लि. का क्षेत्रिय प्रवन्धक मेघराज पोख्रेल संग हामीले कुराकानी गरेका थियौ । प्रस्तुत छ साबिकको गौमुखि बिकास बैंक लि. प्यूठानबाट आफ्नो बैंकिङ्ग केरियर सुरु गरि हाल शाइन रेसुङ्गा डेलभपमेण्ट बैंक लि. बिजुवार प्यूठानमा शाखा प्रवन्धकको जिम्मेवारी सम्हालेका युवा एवं उर्जाशिल व्यक्तित्व प्रवन्धक पोख्रेल संग गरिएको कुराकानीको सम्पादित अंशः

पछिल्लो समय बजारमा शाइन रेसुङ्गा बैंकको चहल पहल बढेकोे पाइन्छ के छन् त्यस्ता बैंकका राम्रा पक्षहरु बताइदिनुस न ।
कुनै पनि बैंक तथा वित्तिय संस्थाको प्रमुख उद्देश्य भनेको सेवा सहितको नाफा कमाउनु नै हो । आर्थिक कारोवार बृद्धिका लागि सेवा प्रदान गर्नु निकै महत्वपूर्ण मानिन्छ । हामिले हाम्रा ग्राहकहरुलाई अत्याधिक सेवा कसरि प्रदान गर्न सकिन्छ भन्ने बिषयमा चिन्तन गरिरहेका हुन्छौ सायद यसैको परिणाम हो कि शाइन रेसङ्गा बैंकको बजारमा चहल पहल बढेकोे ।
अब बैंकका राम्रा पक्षका सन्दर्भमा कुरा गर्दा ५ न. प्रदेशकै केन्द्रविन्दु बुटवलमा केन्द्रीय कार्यालय रहेर १० जिल्ला कार्यक्षेत्र भएको यस बैंकको ३३ शाखा र २ वटा एक्सटेन्सन कार्यालय छन् । प्यूठानमा मात्र यस बैंकको ६ वटा शाखा छन् यो पनि महत्वपूर्ण पक्ष हो भन्ने लाग्दछ । प्यूठान जिल्लामा पहिलो पटक हामिले नेपाल सरकार बाट वितरण गर्नु पर्ने सामाजिक सुरक्षा भत्ता प्यूनपा ४ संगको सहकार्यमा बितरण गरेका छौ । भर्खर मात्र यस बैंकबाट ३६५ दिनको सेवा अथवा सार्बजनिक विदाको दिनमा पनि सेवा प्रारंम्भ गरेका छौ । यस बैंकले आफनो कुनै पनि शाखा बाट जम्मा गरेको रकम आफनो बैंकको अन्य कुनै पनि शाखा बाट निकाल्नु परेमा अन्तर शाखा सुल्क लिदैन । मोवाईल बैंकिङ, चेक किलियरिङ, आई, पि.एस., जस्ता सुबिधा पनि हामीले प्रदान गरेका छौ । त्यस्तै हाम्रो बैंकको अर्को आकर्षण एवं राम्रा पक्षका सन्दर्भमा भन्नु पर्दा कार्यालय समय पनि हो । यस बैंकले सुक्रबार र सार्वजनिक विदाको दिनमा बाहेक आफनो सेवा बिहान ९ बजे देखी बेलुका ५ बजे सम्म संचालनमा ल्याएको छ तसर्थ नाफा मात्र नभएर सामाजिक सेवालाई पनि मध्यनजर गरी बैंकले सेवा कार्यक्रम अगाडि बढाएकाले यी नै बैंकले जनतालाई पूर्याएका महत्वपूर्ण सेवा एवं राम्रा पक्षहरु हुन् भन्ने लाग्दछ ।
आज भोली बैंकहरुले ऋण दिन छाडे भन्ने छ नि, बैंकहरुमा तरलता अभाव भएकै हो ?
होईन, बैंकहरुमा तरलता अभाव भएको होइन तर र्बैकहरुमा लगानी योग्य रकमको अभाव भएको हो, मैले माथि पनि भनि सके कि कुनै पनि बैंक तथा वित्तिय संस्थाको प्रमुख उद्देश्य भनेको सेवा सहितको नाफा हो नाफाको लागि लगानि हुनु आवश्यक छ तर बैंकहरुको नियमन गर्ने निकाय नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाले आफु संग भएको निक्षेपको कति प्रतिसत लगानि गर्ने भन्ने सिमा तोकि दिएको हुन्छ अर्थात सरल भाषामा बैंकहरुले रु १०० आफुसंग हुँदा रु ८० वा सो भन्दा कम लगानि गर्नु पर्ने हुन्छ बैंकिङ्ग भाषामा यसलाई सि.डि. रेशियो भनिन्छ । अहिले बैंकहरुको सि.डि. रेशियो टाईट छ जसलाई लगानी योग्य रकमको अभाव भनि व्याख्या गर्न सकिन्छ । अव बैंकहरुले निक्षेप बढाउन सकेमा मात्र लगानि गर्न सक्छन् । हो बजारमा यसैको हल्ला चलेको हो तर हामिले लगानि रोकेका छैनौ । लगानी योग्य रकमको अभाव हुँदा ऋण दिनै छाडे भन्ने होइन बचत निक्षेपको अनुपातमा निश्चित प्रतिशत कर्जा लगानि गर्नु पर्ने हुँदा यस्तो स्थिति आएको हो ।
यहाँ लामो समय देखि बैंकिङ क्षेत्रमा कार्यरत अनुभवि एवं युवा प्रबन्धकको रुपमा चिनिनु हुन्छ । यो तरलता अभाव हुने कारण र बैंकहरुमा बर्षेनि हुने तरलता अभाव व्यवस्थापनका उपाएहरु के के हुन सक्लान् ?जनताले सजिलै बुझ्ने गरि बताइदिनुस न ।
म बैंकमा साविकको गौमुखि विकास बैंक हुँदाको अवस्थामा नै प्रबेश गरेको हुँ । म बैंकिङ्ग क्षेत्रमा प्रबेश गरेको ८ बर्ष पुगेछ । बैंक मर्ज भएको पनि २०७५ जेष्ठ २८ मा तीन बर्ष पुग्दैछ । हाल म विजुवार शाखाको शाखा प्रबन्धकको रुपमा कार्यरत छु । सरल भाषामा तरलता अभाव भनेको चलायमान हुने रकमको कमि हुनु हो । तरलता अभाब हुने धेरै कारण हुन्छन जस्तै सरकारी बिकास निर्माणमा बिनियोजन भएको रकम बिजियोजन भई खर्च हुन नसक्नु, त्यसैगरी कर्जा प्रवाह अनुत्पादक क्षेत्रमा हुनु, नेपाल भित्रको रकम विभिन्न शिर्षकमा वाहिर जानु जस्तै एन सेलले आफ्नो नाफा नेपाल बाहिर लैजानु, गाडी हरु भित्रनु तर त्यसको रकम नेपाल बाहिर जानु वा निर्यात व्यापार भन्दा आयात व्यापार बढि हुनु जस्ता कारणहरु तरलता अभावका प्रमुख कारणहरु हुन् ।
तरलता समस्याको समाधानका लागि राज्यले आयात व्यापार लाई निरुत्साहित गरि निर्यात व्यापार लाई बृद्धि तथा प्रोत्साहन गर्नु पर्दछ । राज्यले कृषि, यातायात, संचार, जलविद्युत, पर्यटन, विप्रेसण, उद्योग, व्यापार व्यावसाय जस्ता क्षेत्रको दिगो विकास तथा प्रबद्र्धन र रोजगारीको स्रृजना गर्नु पर्दछ । तब मात्र सबै नागरिक संग नियमित रुपमा रकम आउने स्रोत बन्दछ जसले तरलता समस्याको समाधानलाई सहजीकरण गर्दछ तर अहिले नेपालका बैंक हरुमा देखीएको समस्या तरलताको अभाव भने पक्कै पनि होईन लगानी योग्य रकमको अभाव हो ।
आज भोलि विभिन्न राष्ट्रिय स्तरका कमर्शियल बैंकहरुले जिल्ला जिल्लामा शाखा बिस्तार गरि सेवा दिएका छन् भने बिकास बैंकहरुले पनि ठाउँ ठाउँमा शाखा बिस्तार गरि विभिन्न सेवा दिएको पाइन्छ । सेवाको हिसावले अब बिकास बैंक र कमर्शियल बैंकमा खासै फरक नभएको स्थिति हो ?
शाखाको संन्दर्भमा कुरा गर्ने हो भने प्यूठान जिल्लामा मात्र यस बैंकको बिजुवार, भिंगृ, खलंगा, बाहाने, बरौंला र बाग्दुला गरि जम्मा ६ वटा शाखा छन । सबै जनताको वित्तिय पहुँचका लागि शाखा संञ्जाल बिस्तार गर्नु ज्यादै महत्वपूर्ण कुरा हो । बिकास बैंक र कमर्शियल बैंकमा भिन्नता नै छैन भन्न त मिल्दैन तर पनि सेवाको हिसाबले अब बिकास बैंक र कमर्शियल बैंकमा त्यति धेरै भिन्नता छैन । पैसा राख्ने र निकाल्ने संन्दर्भमा बैंकहरुले ई.सि.सि. चेक नै प्रयोग गर्नु पर्ने भएकाले बिकास बैंकको चेक कमर्शियल बैंक तथा कमर्शियल बैंकको चेक बिकास बैंक बाट सटही गर्न सकिन्छ । अतः सरल भाषामा भन्नुपर्दा कुनै पनि बैंकको कुनै एउटा शाखामा भएको सेवा त्यसै बैंकको अर्को शाखामा सो सुविधा नहुन पनि सक्छ यसले सेवालाई प्रभाव पार्छ जस्तै कार्यालय समय, एटिएम सुबिधा, ई.सि.सि.मेशिन, मोवाईल बैंकिङ, कर्जा स्वीकृत सुबिधा आदि ।
नीजि क्षेत्रका बैंकहरु निक्षेप संकलनमा मात्र बढि क्रियाशिल हुन्छन् तर ऋण दिन झन्झट लगाउछन् भन्ने आरोप छ नि ?
निक्षेप लिएर बैंकहरुले लगानि गरेनन् भने कसरी नाफा हुन्छ र ? लगानिकै लागि निक्षेप संकलन गर्ने हो तर ऋण को संन्दर्भमा मेरो बुझाई अलि फरक छ । बैंकहरुले निक्षेप संकलन र कर्जा प्रवाहका लागि पुलको रुपमा कार्य गरेका हुन्छन् । अतः बैंकका निक्षेप कर्ताहरुको रकम लाई बैंकले लगानि गर्दछ, कर्जा प्रयोग गर्ने प्रयोग कर्ता सबै कर्जाको सदुपयोग गर्छन वा गर्दैनन् भन्ने कुरा मुख्य विषय हो । कुनै पनि बैंकमा प्रबेश गर्ने ग्राहक ऋणीमा परिणत हुँदै गर्दा बैंकले कर्जा माग गर्ने ग्राहकले बैंकबाट लिएको रकम सहि प्रयोजनमा प्रयोग गर्छ वा गर्दैन भन्ने कुरा विश्वस्त हुनका लागि विभिन्न कागज पत्रहरु माग गनुपर्छ यसैलाई सायद झन्झट भनिएको होला ।
जव कुनै ऋणीले आफुले उपभोग गरेको कर्जा तोकिएको समयमा बैंकलाई बुझाउँदैन अनि बैंक कानुनि प्रक्रियामा जानु पर्ने हुन्छ त्यस समयमा अदालतले प्रमाणका अधारमा फैसला गनुपर्ने हुन्छ अदालको प्रमाण भनेकै बैंकले माग गरेको तथा कर्जा लिने पक्षले उपलब्ध गराएको कागजपत्र हो । यो सबै प्रक्रिया गर्नु नपरोस भनेर बैंकले कागज पत्र माग गरेको हुन्छ सर्बसाधारण को नजरमा यसलाई झन्झटिलो भनि परिभाषित गरिन्छ । तर यसरी प्रक्रिया पुरा गरि लगानी गरिएको कर्जाको जोखिम निकै कम हुन्छ । मैले हजुरलाई के भन्न चाहन्छु भने हाम्रो बैंकको सन्दर्भमा हामिले प्यूठान जिल्लामा भएका ६ वटै शाखाहरुले बैंक स्थापना भए देखी अहिले संम्म कुनै पनि ऋणीको सार्वजनिक सुचनामा नाम प्रकाशित गरिएको रेकर्ड÷अभिलेख छैन ।
बैंकहरुले ठुलो सिमाका ऋण लगानिमा ध्यान दिए पनि उत्पादनशिल तथा सानो सिमाका ऋणमा त्यति ध्यान दिएको पाइदैन नि ?
सानो कार्जा लाई उत्पादनशिल र ठुलो कर्जा लाई अनुत्पादक भन्ने होइन कर्जा ठुलो भोलुमको पनि उत्पादक हुन सक्छ । कर्जा प्रवाह गर्दा हामिले कर्जाको सहि सदुपयोग हुन्छ वा हुँदैन भन्ने विषयमा अलि बढि केन्द्रीत हुन जरुरी हुन्छ । हजुरको के कुरामा म सहमत छु भने प्राय बैंकहरुले सानो सिमाका कर्जा प्रवाह भन्दा ठुलो कर्जा सिमा लाई बढि प्राथमिकता दिएको पाईन्छ यो गलत हो तर यसको अर्थ यो होईन कि ठुला कर्जा सिमाका कर्जा प्रवाह नै गर्नु हुँदैन हामिले व्यवसायको वा कर्जा माग कर्ताको आवश्यक्ताको आधारमा कस्तो कर्जा प्रवाह गर्ने भन्ने बारेमा निर्णय गर्नु पर्छ ।
अत्याधिक बैंकिङ पहुच र सुबिधाका लागि सानो कर्जा सिमालाई बढी प्राथमिकता दिनु जरुरि हुन्छ हाम्रो बैंकको सन्दर्भमा हेर्ने हो भने हामिलाई स्थानीय बैंक भनेर परिभाषित गरिएको पाईन्छ यस बाट पनि के प्रस्ट हुन्छ भने हामिले सानो सिमाका धेरै कर्जा प्रवाह गरेका छौ ।
. धेरै बैंकहरु आज भोली गाउँ गाउँ सम्म सेवा विस्तार गरि संचालनमा रहेको सन्दर्भमा शाइन रेसुङ्गा बैंकमा नै जनताले कारोवार गर्न यहाँहरुको बैंकका थप केहि आकर्षणहरु छन् कि ?
साँचिकै भन्नु पर्दा हाम्रो बैंकको शाखा संञ्जाल अत्याधिक भएर पनि जनताले हाम्रो बैंकलाई मन पराएका हुन् भन्ने लाग्दछ तर त्यति मात्र होईन हिजोको दिनमा यस बैंकले बैंकिङ्ग पहुच नभएका जनताका लागि बैंकको पहुँच पुर्याएर योगदान गरेको हो , प्यूठान जिल्लाको सन्दर्भमा गाउँ गाउँ सम्म गई बैकिङ्ग पहुँचका लागि चेतना फैलाउने काम हामिले नै गरेकै हो । हामि प्यूठान जिल्लाका धेरै जनतासंग संग संगै छौ। प्यूठान जिल्लामा रहेका शाखाहरुबाट मात्र दिनमा करिब १५०० जति ग्राहक हरुले सेवा लिनुहुन्छ ।
यस बैंकमा अन्य बैंकहरुले दिने संम्पूर्ण सुबिधाहरु उपलब्ध छन् । प्यूठानी जनताहरुको पायक पर्ने दाङ र बुटवल मा सजिलै कारोवार गर्न सकिने अन्तर बैक लागत नलाग्ने, कार्यालय समय, ई.सि.सि.मसिन, आई.पि.एस., तथा मोवाईल बैंकिङ जस्ता सुविधाका कारणले पनि हामिलाई धेरै मन पराएको पाएका छौ । हामिले हाम्रा ग्राहकहरुलाई सहज सेवा दिने सन्दर्भमा सधै चिन्तीत भएका हुन्छौ ।
तपाईहरुको बैंकको कुल पुँजि तथा शाखा संजालका सन्दर्भमा बताइदिनुस न ।
केन्द्रीय कार्यालय बुटवलमा रहेको यस बैंकको चुक्ता पूँजी १ अर्व ३७ करोड रहेको छ । १० जिल्ला कार्यक्षेत्र रहेको बैंकले हाल ३३ वटा शाखा कार्यालय र २ वटा एक्सटेन्सन कार्यालय मार्फत बैंकिङ्ग सेवा प्रदान गरीरहेको छ।
.अन्तमा यहाँको केहि छ कि ?
बैक एउटा सिस्टम बाट चल्दछ विभिन्न समस्याहरु समाधानका लागि ग्राहकहरु बंैक समक्ष आएका हुन्छन् । बैंकले धेरै कार्यहरु गर्दछ जस्तै खाता खोल्ने, निक्षेप संकलन गर्ने, चेक सटहि गर्ने, बिप्रेसण ÷रेमिटको रकम निकाल्ने तथा रकम पठाउने, कर्जा संम्बन्धी कार्य गर्ने, जसका लागि बैंकले छुट्टा छुट्टै कर्मचारी हरुको व्यवस्था गरेको हुन्छ ।
बैंकले सेवा प्रदान गर्दा र ग्राहकहरुले सेवा लिदा हामिले कारोवारलाई अझ सहज र सरल बनाउनका लागि कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भए हामिलाई पृष्ठपोषण गरि सहयोग गरि दिनुहुन सबैमा बिनम्र अनुरोध गर्दछु । अन्तमा, नयाँ बर्ष २०७५ सालको अवसरमा सम्पूर्ण बैंकका ग्राहक, शेयर धनि कर्मचारी साथीहरु तथा सुभचिन्तक महानुभावहरुमा मंगलमय शुभकामना व्यक्त गर्दछु ।

अाथिर्क प्यूठान बाट साभार

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top