शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

दाङ नम्बर १ बाटपनि महरा सिफारिस



जगत खनाल
नेकपा माओवादी केन्द्रले दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट कृष्ण बहादुर महरा लाई प्रतिनिधि सभाको लागि सिफारिस गरेको छ !
आज बसेको बैठकले प्रतिनिधि सभाको लागि महरा सहित नारायणी शर्मा प्रतीक्षा र लुम बहादुर कार्की बद्री लाई सिफारिस गरिएको माओवादी केन्द्र राप्ती गाउँपालिका सहसचिव वसन्त लेपालिले जानकारी दिएका छन !
यस्तै दाङ क्षेत्र नम्बर १ क प्रदेश सभा तर्फ इन्द्रजित थारु , लुमाकान्त न्यौपाने सागर , बिरेन्द्र चौधरी र धर्मराज अधिकारि सिफारिस भएको सहसचिव नेपालीले जानकारी दिएका छन !
माओवादी केन्द्रका केन्द्रिय उपाध्यक्ष समेत रहेका महरा पुर्व सभामुख पनि हुन । अहिले सम्म महरालाइ रोल्पा , दाङ क्षेत्र नम्बर २ बाट पनि सिफारिस भएका छन ।
यस्तै प्रतिनिधि सभामा सिफारिस भएकी शर्मा माओवादी केन्द्रकि केन्द्रिय सदस्य हुन ! जनयुद्ध काल देखी माओवादी आन्दोलनमा लागेकि शर्मा अहिले सम्म अवसर नपाउने नेतृ मा पर्दछिन । यस्तै प्रतिनिधि सभामा सिफारिस भएका कार्की पेसाले अधिवक्ता हुन भने माओवादी आन्दोलनमा लामो समय देखि काम गरि रहेका छन ।
प्रदेश सभामा सिफारिस भएका थारु पटक पटक अवसर पाउने नेतामा पर्दछन भने अहिले लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रीको जिम्मेवारी समेत समालेका छन । यस्तै प्रदेश सभामा सिफारिस भएका न्यौपाने लामो समय देखि माओवादी आन्दोलनमा लागेका र कुनै पनि अवसर नपाएका नेतामा पर्दछन ! प्रदेश सभामा सिफारिस भएका चौधरी स्थानीय रुपमा स्थापित नेता हुन । यस्तै प्रदेश सभामा सिफारिस भएका अधिकारी एमाले छोडेर माओवादीमा आएका नेता हुन भने लामो समय पार्टीको राप्ती गाउँपालिका अध्यक्ष भएर चलाइसकेका छन । २०५४ सालमा एमाले बाट साविक लालमटिया गाबिसको उपाध्यक्ष समेत रहेका थिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top